रेडक्रस रामेछापको अध्यक्षमा कार्की



२९ भदौ रामेछाप  ।
नेपाल रेडक्रस सोसाइटी रामेछापको १० औं जिल्ला अधिवेशनले शिवकुमार कार्कीलाई जिल्ला सभापतिमा निर्वाचित गरेको छ । अध्यक्ष पदका लागि बुधबार बिहान भएको मतदानमा कार्कीले प्रतिद्वन्दी झम्क कँडेललाई ७१ मतले पछिपार्दै अध्यक्ष पदमा विजयी भएका हुन् । १ सय ११ जना मतदातामध्य ८२ मत झरेकोमा ७६ मत कार्कीको पक्षमा र ५ मत कँडेलको पक्षमा परेको थियो भने १ मत बदर भएको थियो ।

nepal-redkars-jpg-1
१२ सदस्य र एक सभापतिको निर्वाचन प्रक्रियामा सदस्य पदको लागि १८ जनाको दरखास्त परेकोमा ६ जनाले दरखास्त फिर्ता लिएपछि १२ सदस्यहरु निर्विरोध चयन भएका थिए । अध्यक्ष पदका लागि भने दुई उम्मेवादरी परेकाले मतदान भएको हो ।
निर्विरोध चयन भएका सदस्यहरुमा जयप्रकाश श्रेष्ठ, नारायणदेश श्रेष्ठ, कृष्णप्रसाद उप्रेती, राजेन्द्रकुमार बस्नेत, पार्वति कडरिया (सुवेदी), सोमप्रसाद सापकोटा, रामविष्णु बस्नेत, दिनेशकुमार कार्की, नेत्र केसी, टीकाप्रसाद भट्ट, विरेन्द्र श्रेष्ठ र ध्रुव खड्का हरेका छन् । निर्वाचित सभापतिले ३ सदस्य मनोनित गर्ने छन् भने सदस्यहरुबाट उपसभापति, मन्त्री, उपमन्त्री, कोषाध्यक्ष र उप–कोषाध्यक्षको चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्