को हुन प्राधिकरणका प्रमुख कुलमान घिसिङ ?



रामेछाप जिल्ला बेथान गाविसमा २०२७ मंसिर १० मा जन्मिएका घिसिङ विगत २० वर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत छन् । पाँच कक्षासम्म बेथानकै कुशेश्वर माविमा अध्ययन गरेका उनले ६ कक्षापछि काठमाडौं आएर बानेश्वरको अमर आदर्श बोडिङ स्कुलमा अध्ययन गरेका थिए ।

घिसिङले सोही स्कुलबाट २०४३ सालमा एलएलसी पास गरेका थिए । लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आइएसी गरेका उनले त्यसपछि छात्रवृतिमा भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा विएसी गरेका थिए । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङ’ मा स्नातकोत्तर सकेपछि उनले सिनामंगलको एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा पनि स्नातकोत्तर गरेका थिए ।

२०५१ सालमा प्राधिकरणको सातौं तहको इन्जिनियरबाट सेवा सुरु गरेका उनले झन्डै २० वर्षको अवधिमा प्रसारण, वितरण र उत्पादन क्षेत्रमा अनुभव हासिल गरेका छन् । चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ साउनदेखि २०७१ असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका थिए ।

रसुवागढी, मध्यभोटेकोसी, सान्जेन माथिल्लो सान्जेन अघि बढाउन उनले विशेष भूमिका खेलेका थिए । तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले हस्तक्षेप गरेपछि २०७१ साउनमा घिसिङलाई प्राधिकरणमा फिर्ता बोलाइएको थियो । २०७१ असोजमा उनी प्राधिकरणको ११औं तह अर्थात निर्देशकमा बढुवा हुन सफल भएका थिए । निर्देशक भएपछि उनी राहुघाट जलविद्युत आयोजना प्रमुखको जिम्मेवारीमा थिए ।
े नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा संस्थाकै ११ तहका कर्मचारी (निर्देशक) कुलमान घिसिङलाई नियुक्त गरेको हो । मुकेशराज काफ्लेले भदौ २४ गते पदबाट राजिनामा दिएपछि रिक्त पदमा घिसिङको नियुक्ति गरिएको छ । रिक्त कार्यकारी निर्देशक नियुक्त गर्न ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा कमिटि गठन भएको थियो ।

kulman-ghising-png-1

कमिटिले मन्त्रालय, जल तथा ऊर्जा आयोगको सचिवालय, विद्युत विकास विभाग, प्राधिकरण, बूढीगण्डकी र नलसिंहगाढ जलविद्युत आयोजना विकास समितिबाट प्रस्ताव माग गरेको थियो । घिसिङले चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ साउनदेखि २०७१ असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका छन् ।
प्राधिकरणको प्रमुखमा एक गैरसरकारी संस्थासहित ६ निकायबाट ८ जनाको प्रस्ताव परेको थियो । घिसिङसहित विभागबाट नविनराज सिंह, मधुप्रसाद भेटवाल, सचिवालयका जिवन मण्डल, मन्त्रालयका चिरञ्जीवी चटौतलगायत व्यक्तिको प्रस्ताव परेको थियो । प्रस्तावमा पहिलो घिसिङ दोस्रो भेटवाल र तेस्रोमा सिंह छानिएका थिए । तीन जनामा उत्कृष्ट अंक ल्याएकाले घिसिङलाई सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्