तिल्पुङमा खानेपानी र सरसफाइमा समस्या



३१ भदौ, रामेछाप ।
रामेछापको तिल्पुङ्ग गाविसमा त्रिभूवन विश्व विद्यायालयबाट ‘समुदाय स्वास्थ्य मेरो पनि कार्यक्रम’ अन्तर्गत अध्ययनका लागि आएका स्वास्थ्यका विद्यार्थीहरुको एक अध्ययनले तिल्पुङ्ग गाविसमा खानेपानी र सरसफाइमा समस्या फेला पारेको जनाएको छ ।

khanepani

९ जना विद्यायार्थीको समूहले तिल्पुङ्ग गाविसमा १४ दिनसम्म गरेको अध्ययनले यस्तो देखाएको हो । तिल्पुङ्ग गाविसको ९ वटै वडाहरुमा गरिएको अध्ययनको क्रममा गाविसमा ५२.३५ प्रतिशत महिला रहेकाको र आइरन चक्की सबै गर्भवती महिलाहरुले प्रयोग गरेको अध्ययनले देखाएको छ । एएनसी जाँच र टिटी खोप सबैले लगाउने गरेको पाइएको अध्ययनकर्ता अनुपमा पाण्डेयले बताइन ।
त्यसैगरी ३४.४ प्रतिशतले पानीबाट सर्ने रोगको बारेमा जानकारी भएको बताएको र ६८.८ प्रतिशतले पानीबाट सर्ने रोगको बारेमा जानकारी नभएको अध्ययनले देखाएको छ । पाण्डेका उनको अनुसार ३९.४ प्रतिशत मानिसलाई जीवनजल घोल्ने तरिका थाहा नभएको, ३९.२ प्रतिशतलाई टाइफाइट सरुवा रोग हो भन्नेबारे जानकारी नभएको, पीओपीडी रोगको बारेमा ८८.५ प्रतिशतले आपूmहरुलाई थाहा नभएको बताएका थिए । गाविसको कूल जनसंख्याको ८१ प्रतिशतले आयोडिन नून प्रयोग गर्ने गरेको र ८६.६ प्रतिशतको मुख्य आम्दानीको श्रोत कृषि र पशुपालन रहेको पाइएको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्