मह भनेर चिनी बेच्दै हिड्ने प्रहरीको फन्दामा



३१ भदौ,मन्थली ।
माहुरीको मह नभेर निची बेच्दै हिडेका तीन व्यक्तिलाई सात वटा थैलोमा रहेको ६५ केजी माहुरीको चाकासहित रामेछापको मझुवाबाट प्रहरीले पक्राउ गरेको छ । माहुरीको ताजा मह भनेर चिनी पगालेर बनाएको घोललाई माहुरीको चाकामा डुबाएर गाउँगाउँमा बेच्दै हिडेका सिराहा जिल्ला मिर्चैया–९ का ललन धामी, छोटु धामी र भारत मध्यपुर घर भई हाल सोही ठाउँमा बस्दै आएका सोमन धामी मझुवा–४ चुल्ठेडाँडाबाट पक्राउ परेका हुन् ।

maha

मह भनेर चिनी बेच्दै हिडिरहेको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय चोप्राङको गस्ती टोलीले चेकजाँच गर्न खोज्दा प्रहरी माथि नै आइलागेपछि पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मन्थलीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रेम जोशीले बताए । पक्राउ परेका अभियुक्तमाथि सार्वजनिक अपराध तथा सजाय ऐन २०२८ अन्तर्गत कारवाही हुने र १० दिन हिरासतमा राख्ने म्याद थप गरि अनुसन्धान भइरहेको जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्