रामेछापमा टयाक्टर दुर्घटना १ को मृत्यु ४ घाइते



सुमित श्रेष्ठ
३१ भदौ, रामेछाप ।
रामेछाप जिल्लाको मन्थली नगरपालिकामा पर्ने राम्चे रातुखोला भन्ने स्थानमा ट्याक्टर दूर्घटना हुँदा सह–चालक सिन्धुली लाङपाङटारका नविन कार्कीको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

accident

सदरमुकाम मन्थलीबाट विजुलीको तार र खानेपाीको पाइप बोकेर मन्थली नगरपालिकाको बडिमुहानतर्फ जाँदै गरेको ना ५ त ७७५८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परि ट्याक्टरमा सवार रहेका मन्थली नगरपालिका १३ का काजीदाश श्रेष्ठ, बाबुराम विक, शम्भु रम्तेल र निलहरी राम घाइते भएका छन् ।

घाइते मध्ये काजीदाश श्रेष्ठ र बाबुराम विक दुवैको टाउकोमा गहिरो चोट लाग्नुका साथै हात भाँचिएको छ भने शम्भु रम्तेलको हात भाँचिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । दुर्घटनामा परेको ट्क्याटर सडकबाट करिब एकसय मिटर तल झरेको थियो । दुर्घटनाको कारण भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्