कुलमान घिसिङको घोषणाःदुई वर्षमा हरेकको घरमा बिजुली बालेर देखाउँछु



१ असोज, काठमाडौं ।

नेपाल विद्युत्त प्राधिकरणका नव नियुक्त कार्यकारी प्रमुख कुलमान घिसिङले अबको दुई बर्षमा हरेक नेपालीको घरमा विजुली बाल्ने घोषणा गरेका छन् । जन–जनमा शेयर र घर–घरमा बिजुलीको उज्यालो पुर्याउने लक्ष्य सहित आफुले विद्युत्त प्राधिकरणको कार्यकारी निर्देशकको पद्भार सम्हालेको उल्लेख गर्दै घिसीङले भने, ‘विद्युत्त विकासका लागी हरेका जनतालाई शेयर दिनुपर्छ, एक समयमा हरेक नेपालीले भनुन्, ‘शेयर हाल्ने पैसा नै बाँकी छैन् !’

kulman-ghaiseing

शनिवार भक्तपुरमा रामेछापका स्थानीयहरुले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै घिसिङले चुनौतिका बावजुद जनआकांक्षा पुरा गर्नका लागी काम गरेर देखाउने बताए ।जन–जनमा शेयर र घर–घरमा बिजुलीको उज्यालो पुर्याउने लक्ष्य सहित आफुले विद्युत्त प्राधिकरणको कार्यकारी निर्देशकको पद्भार सम्हालेको उल्लेख गर्दै घिसीङले भने, ‘विद्युत्त विकासका लागी हरेका जनतालाई शेयर दिनुपर्छ, एक समयमा हरेक नेपालीले भनुन्, ‘शेयर हाल्ने पैसा नै बाँकी छैन् !’

‘यहाँ केही काम भएको छैन भन्नेकुरा मैले चिलिमेको एमडी हुँदा अनुभुत गरेको छु । चिलिमे जलविद्युत्त कम्पनी मार्फत दुई तिनओटा साना प्रोजेक्ट शुरु गर्दा मलाई धेरैले भने, ‘कस्तो राम्रो शुरुवात !’ सानो सुरुवात गर्दा चिलीमेले मलाई चिनायो’ उनले भने, ‘रसुवाका छाप्रो र ओडारमा बस्नेहरुलाई चिलिमेको शेयर  दिँदा उनीहरु अहिले लखपति बनेका छन्, बिस्तारै करोडपती बन्छन् ।’

तत्कालिन मन्त्री राधा ज्ञवालीले चिलिमे जलविद्युत्त कम्पनीबाट हटाएपछि आफु लामो समय काम बिहीन भएर बसेको तितो अनुभव सुनाउँदै उनले भने, ‘यहाँ जोश र जाँगर हुनेलाई काम दिँदैनन्, जाँगर मरेपछी अवसर दिँदा जनआकांक्षा अनुसारको परिणाम नआउन सक्छ ।’त्यस्तै प्राधिकरणका केही सिनियर कर्मचारीले जुनियरलाई एमडी बनाएकोमा असन्तुष्टि जनाएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘४२ बर्षमा बाराक ओवामा राष्ट्रपति भएका थिए, अनि ४८ बर्ष पुग्दा म कसरी जुनियर भएँ ?’

प्रतिक्रिया दिनुहोस्