रामेछापमा आत्महत्या गर्ने बढे



२ असोज, रामेछाप ।
रामेछाप जिल्लामा विभिन्न कारणले आत्महत्या गर्नेहरुको संख्या बढेको छ । रामेछाप जिल्लामा भदौ महिनामा मात्रै ४ जनाले आत्महत्या गरेका छन् । भदौ महिनामा मात्र नदीमा हाम फालेर १, झुण्डिएर आत्महत्या गर्ने १ छने भने दुई जनाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

atmahataya

आत्महत्या गर्ने ४ सहित बिभिन्न कारणले ज्यान जानेको सङख्या भदौ महिनामा ८ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्क्ता प्रेम जोसीले बताए । जिल्लामा भदौ महिनामा २ सवारी दुर्घटना परी मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्