रामेछाप प्रेस चौतारीको अध्यक्षमा घिसिङ



३ असोज,  रामेछाप ।

प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा पुनः युनिक विफा घिसिङ चयन नभएका छन् । सोमबार मन्थलीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट घिसिङ दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा–कैलाश खत्री, सचिव– लेखबहादुर विक, सह–सचिव प्रज्वल पौडेल र कोषाध्यक्षमा शान्ता श्रेष्ठ चयन भएकी छन् ।

chutari-1-jpg-1

त्यसैगरी सदस्यहरुमा पार्वती पाठक, नवराज श्रेष्ठ, सीता पुरी र शंकर वरुवाल चयन भएका छन् । कार्यसमितिमा दुई जना पछि थप गरिने नव गठित समितिका अध्यक्ष युनिक विफ घिसिङले जानकारी दिएका छन् । अधिवेशनको उद्घाटन समारोहलाई संवोधन गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाल व्यवसायिक पत्रकारिताको पक्षमा रहेको बताए ।

कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य देवशंकर पौडेलले नेपालको पत्रकारिता अझै व्यवसायिक र खोजमूलक बन्न नसकेको बताए । उनले पत्रकारहरुलाई पेशागत धर्म निर्वाह गर्न पनि आग्रह गरे । कार्यक्रममा चौतारीका महासचिव राजेश राई, ३ नं प्रदेश इञ्चार्ज विष्णुमणी सुवेदी, एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य चिरञ्जीवि मास्के, पत्रकार मातृका पौडेल लगायतले नेपालको पत्रकारितामा पे्रस चौतारी नेपालले खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्