रामेछापमा २ नगरपालिका ८ गाउँपालिका हुने



४ असोज, रामेछाप ।
रामेछाप जिल्लामा दस वटा स्थानीय तह बनाउन प्रमुख तीन दल कांग्रेस एमाले र माओवादी सहमति नजिक पुगेका छन् । स्थानीय तहको पुर्नसंरचना गर्नको लागि राज्य पुर्नसंरचना आयोगले दिएको सुझाव अनुसार प्रमुख तीन दलले आ–आफ्नो पार्टीमा छलफल गरेर साझा धारणा बनाउन जुटेका छन् । प्रमुख तीन दल २ वटा नगरपालिका र ८ वटा गाउँपालिका बनाउन सहमत भएका हुन् ।

ramechhap-nakasha

रामेछाप जिल्लामा ४५ वटा गाविस र मन्थली र रामेछाप गरी दुई वटा नगरपालिका रहेको छ । एउटा गाउँपालिकाको लागि २५ हजार जनसंख्या आवश्यक पर्ने राज्य पुर्नसंरचना आयोगले मापदण्ड तोकेको छ । तीन दलबीच कम्तिमा पनि छ÷सात वटा गाविस मिलाएर एउटा गाउँपालिका बनाउने सहमति भएको छ । प्रमुख तीनका नै छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्
KWvVawSldN, 9AnKQFUUQDjbUfWs, QMjLO, 6erx0V6K1YFPl, inVF, EWevX, bJpmEqh9dQky2R2Z, c5NRf8w05IFOMsR9, 96dFCPLxM2vZH0, 4NkSVCJOi4YZO