४५ दिनभित्र भुकम्प पीडितले किन पाएनन पहिलो किस्ता ?



५ असोज, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहिलो मन्त्रीपरिषद्को बैठकले सबै भुकम्प पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउने घोषणा गरेका थिए । प्रधानमन्त्री प्रचण्डले गरेको घोषणा ४५ दिन पुग्दा पनि कार्यान्वय हुन सकेन । राष्ट्रिय पुननिर्माण प्राधिकरणको योजना अनुसार सरकारले पहिलो किस्ता ४५ दिने निर्णय गरेको थियो । तर पनि झण्डै २ लाख भुकम्प पीडितहरुले अझै पनि पहिलो किस्ता पाउन सकेका छैनन् ।

prachanda-1
बुधवार प्रधानमन्त्री प्रचण्डले पुननिर्माण प्राधिकरणको कामप्रति गम्भीर आपत्ति जनाउदै सबै भुकम्प पीडितले पहिलो किस्ता किन पाउन सकेनन भनेर प्रश्न गरेका छन् । भुकम्पपछिको पुननिर्माणलाई पहिला प्राथमिकतामा राख्दै आएको बताउदै प्रचण्डले दुई लाखमा १ लाख रुपैयाँ बढाएर आठ लाखसम्म दिने प्याकेज अगाडि सारेपनि ४५ दिन वितिसक्दा समेत भुकम्प पीडितहरुले पहिलो किस्ता पाउनबाट बञ्चित भएका छन् । भुकम्प गएको १६ महिना वितिसक्दा समेत पीडितहरुले पहिलो किस्ता पाउन सकेका छैनन् ।
प्रचण्डले कामु मुख्य सचिव टंकमणि शर्मालाई वालुवाटार बोलाएर पहिलो किस्ता नपाएको बारेमा प्रश्न गरेका छन् । ‘भूकम्प पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने सरकारको घोषणा पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन, कारण के हो ?’,प्रचण्डले शर्मालाई प्रश्न गर्दै भने,‘यसले मलाई निकै गम्भीर बनाएको छ ।’ प्रचण्डले आवश्यक परे प्राधिकरणको संरचना, पदाधिकारी र कार्यप्रणाली बदलेरै भएपनि राहत र पूनर्निर्माणको कामलाई प्रभावकारी बनाउने बताए

प्रतिक्रिया दिनुहोस्