रामेछापको स्थानीय तह पुर्नसंरचना गर्ने जिम्मा समितिलाई



७ असोज, काठमाडौं ।
स्थानीय तह पुर्नसंरचना गर्नको लागि रामेछाप जिल्लाका राजनीतिक दलहरुबीच कुरा नमिलेपछि स्थानीय तहको पुर्नसंरचना गर्ने जिम्मेवारी पुर्नसंरचना प्राविधिक सहयोग समितिलाई दिइएको छ । प्रमुख दल कांग्रेस एमाले र माओवादीले आ–आफ्नो अडान राखेपछि सुझाव सहितको खाका समितिलाई बुझाएको हो ।

LDO dineshraj pantha

स्थानीय तहको पुर्नसंरचनामा सहमति जुटाउन बसेको सर्वदलिय बैठकमा पनि सहमति जुटन सकेन । राजनीतिक दलहरुले आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर ल्याएको खाकामै अडान लिएपछि सहमति जुटन नसकेको हो । प्राविधि समितिका संयोजक एवं स्थानिय विकास अधिकारी दिनेशराज पन्तले दलहरुलाई सहमति जुटाउन आग्रह गरेका थिए ।
स्थानीय तहको पुर्नसंरचना गर्नको लागि एमालले ८ वटा तह हुनुपर्ने खाका बुझाएको छ । भने कांग्रेस र माओवादीले नौ वटा तह हुनुपर्ने प्रस्ताव पेिश गरेका छन् । जिल्लाको सबै क्षेत्र जनसङख्या समेटेर प्रस्ताव ल्याउदा पनि सहमति जुटन नसकेपछि प्राविधिक समितिलाई आधिकार दिएरको माओवादीका नेता तारानारायण श्रेष्ठले बताए ।

बैठकमा राप्रपा नेपालले ९ ,राप्रपाले ९, नेकपा माओवादी क्रान्तिकारीारी र नेकपा मालेले भने ७÷७ वटा तहको प्रस्ताव गरेका थिए । राजनीतिक दलहरुको प्रस्वाव अनुसार नै जिल्ला प्राविधिक समितिले पनि छुट्टाछुट्टै विकल्प सहित क्रमश ७ ,८ र ९ तहको प्रस्ताव गरेको थियो । स्थानीय विकास अधिकारी पन्तले दलहरुको प्रस्तावलाई अध्ययन गरेर सोही अनुसार राज्य पुर्नसंरचना समितिमा पठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्