मन्थली नगरपालिकाले थाल्यो नयाँ काम



७ असोज, रामेछाप  ।
साँधुरो सडक अस्तव्यस्त बजार । सधैको भिडभाड । गाडी आवत जावत गर्न नै कठिन । धुवाधुलो र सवारी साधानले अस्तव्यस्त हुने मन्थली नगरपालिका अब व्यवस्थति हुने भएको छ । राजधानी काठमाडौंबाट आउने सवारी साधानले नगरपालिका क्षेत्रको भञ्याङ क्षेत्रमा बढी जाम हुने भएपछि मन्थली नगरपालिको निर्णय अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयले नयाँ नियम लागू गरेको छ ।manthali-1

अव्यवस्थिति नगरपालिकालाई व्यवस्थिति बनाउन ट्राफिक कार्यालयले नयाँ पहिलो पटक जिल्लामा एकतर्फी रुपमा मात्र सवारी साधान सञ्चालन गर्ने नियम लागू गरेको हो । शुक्रवार सदरमुकाम मन्थलीको वातावरण अलि फरक थियो । राजधानीबाट मन्थली आउने सवारी साधनहरु देवकोटा चोकमा रोकिए । गाडी चालकहरु पनि अच्चम मान्दै थिए । ट्राफिक प्रहरीले बजारलाई सहज र व्यवस्थति बनाउको लागि देवकोटा चोकबाट जिल्ला विकास समिति मार्फत कटहरबोट जाने रुटको व्यवस्था गरेको छ । दोलखा खिम्ती हुँदै आउने सवारी साधन भए मन्थली नगरपालिका कार्यालय हुँदै देवकोटा चोक निस्किएर काठमाडौं गएका छन् ।

मन्थली नगरपालिको विहिवार बसेको बैठकले बजारक्षेत्रमा अत्याधिक सवारी चाप बढेको निष्कर्ष निकाल्दै धुवा धुलो र अस्तव्यवस्तालाई हटाउन एकतर्फी रुपमा मात्र सवारी साधान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर बैठकले आपतकालि प्रयोजनका लागि बिरामी बोकेको एम्बुलेन्स, शवबाहन र मोटरसाईकल भने यो नियम लागू नहुने जिल्ला ट्राफिक कार्यालयलयले बताएको छ ।

हाल जिल्लामा ४५ वटा गाविस र २ वटा नगरपालिका रहेको छ । जिल्लाको सदरमुकाम पनि मन्थली नै भएका कारण अत्याधिश रुपमा भिडभाड हुने गरेको छ । ट्राफिक कार्यालयले मोटरसाइकलाई पनि सडकको दुवैतिर भन्दा पनि एकातिर मात्र पार्किङ गर्ने नियम लागू गरेको छ । बजार क्षेत्रमा सडक साँघुरो भएको कारण मन्थली एकतर्फी रुपमा मात्र सवारी साधान सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्