रामेछापमा फ्रि भिसा फ्रि टिकट कार्यन्वयन माग



७ असोज,रामेछाप ।
खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारलाई सरकारले फ्रि भिसा फ्रि टिकट लागू गरेपनि कार्यान्वयन हुन नसकिरहेको बेला रामेछापमा आप्रवासी हकहित संरक्षण केन्द्र रामेछापले फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गर्न माग गरेको छ ।firi-visha-firi-tikat-jpg-1
केन्द्रले जिल्ला प्रशासन कार्यायल रामेछाप मार्फत ज्ञापनपत्र बुझाउँदै केन्द्रले एक वर्ष अघि सरकारले लागु गरेको फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गर्न माग गरेको हो । सरकारले वैदेशिक रोजगारीको लागि खाडीका साउदी अरब, युएई सहित ६ वटा देश र मलेसिया जाने कामदारलाई फ्रि भिषा फ्रि टिकटमा पठाउने निर्णय गरेको छ ।
रोजगारदाता कम्पनीले कुनै सेवा शुल्क नदिएको अवस्थामा मात्र कामदारले रोजगारदाता कम्पनीलाइ दश हजार रुपैयाँ दिने निर्णय भएको थियो । सोही निर्णय कार्यान्वयनको माग सहित ध्यानाकर्षणपत्र बुझाएको संरक्षण केन्द्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्