इम्जा हिमताल फुटने खतराभएपछि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अपिल



८ असोज, सोलुखुम्बु ।

सोलुखुम्बुस्थित इम्जा हिमतालको पानी निकास गर्न लागिएको भन्दै सरकारले दुधकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अपील गरेको छ ।

इम्जाबाट एक सातासम्म पानीको निकास गरिने भन्दै विभागले दुधकोसी नदीको तटीय क्षेत्र आसपास र सोलुखुम्बुको छुकुङदेखि जुभिङसम्मका बासिन्दालाई सतर्क रहन भनेको हो ।

जल तथा मौसम विज्ञान विभागले विज्ञप्तिमार्फत फुट्ने जोखिम बढेपछि हिमतालको पानीलाई निकास दिन लागिएको जनाएको छ ।  विभागले शनिवारदेखि १५ गतेसम्म पानीको नियमित निकास गरिने पनि जनाएको छ ।

Imja Himtal

दुधकोसी नदीमा पानीको बहाव बढे तत्काल सुरक्षित स्थानमा जान आग्रह गर्दै बिभागले हटलाइन नम्बर एक एक पाँच पाँचमा सम्पर्क गर्न अथवा जिल्ला तथा ईलाका प्रशासन कार्यालयमा जानकारी गराउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्