अमेरिकाकाे सपिङ मलमा हमला, चार जनाको मृत्यु



८ असोज वासिंगटन डिसी  । अमेरिकाको वासिङगटनस्थित एक सपिङ मलमा बन्दुकधारीले हमला गरेको खबर प्राप्त भएको छ । अमेरिकी मिडियाका अनुसार बन्दुकधारीले गरेका फायरिङमा चार जनाको मृत्यु भएको छ । वासिङगटनस्थित बर्लिङटन मलमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका हुन् ।goli

घटनास्थल सीएटलबाट झण्डै ६७ माइल उत्तरमा पर्दछ । खबरका अनुसार स्थानीय प्रहरीले सपिङ मल खाली गराएको छ भने हमलाकारीलाई घेरा हालेर राखेको छ । हमलाकारी स्पेनिक मुलका रहेको बताइएको छ । अहिलेसम्म प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

बन्दुकधारी हमलाकारीले सपिङ मलको चौथो फ्लोरमा नागरिकलाई निशाना बनाएको जनाएको छ । वासिङगटन राज्य पेट्रोलले ट्वीट गरी चार जनाको मृत्यु भएको पुष्टी गरेको छ । सर्जेन्ट प्रशासनले स्पेनिक मुलका ब्राउन कलरको कपडा लगाएका ब्यक्तिहरुको खोजी जारी राखेको मार्क फ्रान्सिसले बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्