यती एयरलाइन्सको विमान दुर्घटना (फोटो फिचर)



८ असोज, भैरहवा ।

यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । विमानमा सबै यात्रु सकुशल छन् ।नाइन एन एआईडी कलसाइन भएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

yati-1

रन वे छोडेर निक्कै पर पुगेको विमानको नोजमा क्षति पुगेको छ भने चक्का भाच्चिएको छ ।विमानमा २५ यात्रु र चालक दलका तीन सदस्य थिए ।yati-2

उनीहरु सबै सकुसल रहेका छन् । विमान दुर्घटनामा परेको खबर आए लगतै प्रहरीले एम्बुलेन्स पनि पठाएको थियो । तर, ठूलो चोटपटक कसैलाई नलागेको पाइएको छ ।

-तस्बीर कमल रायमाझीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्