डहु माविको भूतपूर्व विद्यार्थीको अध्यक्षमा लामा



८ असोज,भक्तपुर ।
डहु मावि डहुको भूतपूर्व विद्यार्थीहरुको भेलाले रविदास लामाको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ । धावा लामा र कुलमान घिसिङ संरक्षक रहने गरी २१ सदस्यी समिति गठन गरेको हो ।

dahu-school

शनिवार भक्तपुरको एक पाटी प्यालेसमा भएको डहु माविमा अध्ययन गरेर हाल विभिन्न पेसा र व्यवसायमा रहेका भूतपूर्व विद्यार्थीहरुको सक्रियतामा पहिलो पटक भूतपूर्व विद्यार्थीहरु संगठित भएका हुन् ।

भेलाको उदघाटन नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल गरेका थिए । कार्यक्रममा सांसद श्यामकुमार श्रेष्ठ नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ, नेकपा माओवादी केन्द्रका नेता धावा लामा, डहु मावि डहुका प्रअ दलबहादुर लामा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्