पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा बेपत्ता



९ असोज, चितवन ।

त्रिशुली नदीमा कार दुर्घटना हुँदा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित पाँच जना वेपत्ता भएका छन् । मुग्लिनबाट काठमाडौं जाँदै गरेको स्कार्पियो कार आइतबार साँझ सडकबाट तल त्रिशुली नदीमा खसेको हो ।

madhav

घटना साँझ ५ बजेतिरको भएको चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । उनका अनुसार कारमा सवार व्यक्तिहरु घिमिरेका परिवारका सदस्य भएको हुन सक्ने अनुमान गरिएको छ ।

पूर्वमुख्यसचिव तथा गृहमन्त्री  घिमिरे चढेको कार त्रिशुली नदीमा बेपत्ता भएको छ। मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको भएको प्रहरीले चितवन जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रहरीका अनुसार  अनुसार कारमा को–को थिए भन्ने खुलेको छैन। ‘कार त्रिशुली नदीमा बेपत्ता छ, त्यसमा पूर्वगृहमन्त्री माधव घिमिरे हुनुहुन्थ्यो भन्ने खुलेको छ प्रहरी कार्यालयले बताएको छ ।  दुर्घटनामा परेको कार तथा बेपत्ताहरूको खोजीका लागि प्रहरी खटिएको छ। घिमिरे खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष हुँदा गृहमन्त्री थिए।

घिमिरे चढेको बा९च १५३१ चढेको गाडी चितवनको दाह्रोचौकस्थित घोप्टेभिरबाट आइतबार साँझ ४ बजे खसेर बेपत्ता भएको हो । गाडी काठमाडौं आउँदै थियो । गाडीमा सवार घिमिरेसहित तीन जना बेपत्ता छन् ।

चितवन प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार सात जना सवार गाडीका एक महिलासहित चार जनाको उद्धार गरिएको छ । बृद्ध महिला चैतन्यकुमारी, घिमिरेकी आमा भएको अनुमान गरिएको छ । उनीसहित चालक विष्णु राई, सशस्त्र प्रहरीका हवल्दार आरसी कार्की र नारायणप्रसाद काफ्लेको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्