ठोसेको फलाम खानी र जुनारले रामेछापलाई आत्मनिर्भर बनाउछः जोशी



९ असोज, काठमाडौं ।
उद्योग बाणीज्य संघका पूर्वअध्यक्ष कुशकुमार जोशीले सरकारले उद्योगी ब्यवसायीलाई गरी खाने वातावरण सिर्जना गर्नु पर्ने बताए छन् ।  उनले उद्योगी व्यवसायी मागी खाने बर्ग नभई गरी खाने वर्ग भएको बताएका हुन् । पुर्वअध्यक्ष जोशीले रामेछाप जिल्ला उद्योग व्यवसायको सम्भावना बोकेको जिल्ला भएको बताउदै जोशीले भने,‘ठोसेको फलाम खानी, रामेछापको जुनार खेतीमा लगानी गर्न सके रामेछाप आत्मनिर्भर बन्न सक्छ ।’ उनले रामेछापमा हाईड्रोपावरको पनि धेरै राम्रो सम्भावना बोकेको जिल्ला भएको बताए ।ramechha-audog-banixya-jpg-1
रामेछाप उद्योग बाणीज्य संघको १० औं बार्षिक साधरण सभालाई आइतवार मन्थलीमा सम्बोधन गर्दै उनले उद्योग क्षेत्रमा नयाँ नीतिको आवश्यकता रहेको बताए ।कार्यक्रमका दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले भूकम्पको नाममा आएका एनजिओ तथा आईएनजिओले स्थानीय उद्योगसँग सहकार्य नगरी गरेकोप्रति असन्तुष्टि जनाए । रामेछाप उद्योग बाणिज्य संघ अध्यक्ष पशुपति बहादुर खड्काले भुकम्पका कारणले रामेछापका व्यवसायीहरु अझैपनि छाप्रोमा व्यापार गर्न बाँध्य रहेको बताए ।
उनले भने,‘रामेछापको ठोसेमा रहेको फलाम खानी, रामपुरमा सिमेन्ट उद्योग संचालनको छ, यसलाई सरकारले ध्यान दिनु पर्यो ।’ रामेछापको सदरमुकाम मन्थलीको बजार क्षेत्रमा सिसी क्यामेराको सम्भाव्यता अध्ययन समेत भएकाले चाडै क्यामेरा जडान हुने खडकाले बताए ।
कायृक्रममा उत्कृष्ट युवा उद्यमीहरुलाई सम्मान गरिएको थियो ।सम्मानित हुनेहरुमा प्रथमा मनि ट्रान्सफरका सुरेश उदास, चिरन्जिबी डेरीका भानु श्रेष्ठ छन् । त्यसैगरी कार्य सम्पादनमा महत्वपुर्ण योगदान गरेको पाँच कर्मचारीलाई समन गरिएको छ । सम्मानित हुनेहरुमा रामेछाप उद्योग बाण्ज्यि संघका पुर्व अध्यक्ष लोक बहादुर श्रेष्ठ, कार्य समिति सदस्य देमुना योञ्जन , कार्य समिति सदस्य श्याम थापा , महासचिव जगन्नाथ दाहाल र कार्यकारी अधिकृत नविन केसी रहेको छन् ।
कार्यक्रममा स्थानीय विकास अधिकारी दिनेशराज पन्त , नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सभासद तारानाराण श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सचिव लेखबहादुर कार्की, नेकपा एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
uXbtH7, NoGkXFH0ZO6pa2, 6wVLzWXYj3I, ihEevOobPBG, ROZf9O0UJ7, QUduW04CIMe, hjkn8VwveWz, jlJVhO51NYfw3vG, jGaX3Rcxc7, fvXtoy