पुननिर्माण लागत २६८ अर्ब बढ्यो, भुकम्प पीडितले कहिले पाउलान राहत ?



१० असोज, काठमाडौं ।

भूकम्पपछि पुनर्निर्माणका लागि हालसम्म उल्लेख्य प्रगति नभए पनि अनुमानित लागत भने उल्लेख्य बढेको छ । गत वर्षको दाता सम्मेलनअघि राष्ट्रिय योजना आयोगले गरेको विपद् व्यवस्थापनको आवश्यक आँकलन प्रतिवेदनले पुननिर्माणका लागि ६ सय ७० अर्ब आवश्यक रहेको देखाएको थियो ।

bhukamp-ph

अहिले भने पनर्निर्माणको अनुमानित लागत बढेर ९ सय ३८ अर्ब पुगेको  छ । भूकम्प प्रभावितलाई पूर्वघोषित दुई लाख अनुदान रकममा थप एक लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

यस्तै पभावितलई ३ लाख रुपैयाँ निव्र्याजी ऋण प्रदान गर्ने निर्णय समेत कार्यान्वयन हुँदा बजेट ९ सय ३८ अर्ब पु्ग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्