नर्भिक हस्पिटलद्धारा सम्पादक घिमिरे सम्मानित



१० असोज, काठमाडौं ।
नर्भिक इन्टरनेशनल हस्पिटलले जनस्वास्थ्य सरोकार मासिकका सम्पादक एवं प्रकाशक पुरुषोत्तम घिमिरेलाई सम्मान गरेको छ । विश्व मुटु दिवस २०१६ को अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले राजधानीमा आयोजित एक कार्यक्रमबीच मुटु स्वास्थ्यमा पत्रिकामार्फत जनचेतना अभिबृद्धिमा विशेष योगदान पु¥याएको भन्दै सम्पादक घिमिरेलाई सम्मान गरेको हो ।purusthttam-ghimire-ph

रामेछापबाट काठमाडौं आएर विगत एक दशकदेखि पत्रकारितामा संलग्न घिमिरेले स्वास्थ्यसम्बन्धि विभिन्न विधामा कलम चलाउँदै आएका छन् । जनस्वास्थ्य सरोकारमार्फत रोग विशेषमा आधारित रहेर जनचेतना अभिबृद्धि गराउने उद्देश्यले हरेक अंक विशेष अंकका रुपमा प्रकाशित भइरहेको छ ।

नर्भिकले विविध कार्यक्रमहरुका साथ यस वर्षको विश्व मुटु दिवस मनाउन थालेको छ । नर्भिकले असोज ८ गतेदेखि सप्ताहव्यापी मुटुरोग परीक्षण सम्बन्धि विशेष योजनाहरू ल्याएको छ । विश्व मुटु महासंघको आह््वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारीख यो दिवस मनाइन्छ । सन् २००० को सेप्टेम्बर २४ तारीखदेखि मनाउन थालिएको यस दिवसले डेढ दशक पार गरिसकेको छ ।

विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहिआएको छ । सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर नै अझ हालै आएर विकासोन्मुख राष्ट्रहरूमा मुटुरोगका बिरामीहरू बढ्दै गइरहेका छन् ।

हाल विश्वमा १ करोड ७३ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि शहरी जनसंख्याको झण्डै ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् । विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन तथा अन्य विविध कार्यक्रमहरू गर्ने गरिन्छ ।

यस वर्षको विश्व मुटु दिवसको नारा ‘आफ्नो जीवनलाई शक्ति दिऊ’रहेको छ । यसले मानिसका लागि मुटुको महत्व कति छ भन्ने दर्शाउँदछ । नर्भिकमा आयोजित समारोहमा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवन यापन गर्दै आएका बिरामीहरू सहित करिब दुई सय जना विशिष्ट व्यक्तित्वहरू सहभागी थिए ।

कार्यक्रमको प्रमुख आतिथ्य तथा सभापतित्व नर्भिक हस्पिटलका अध्यक्ष, कवि एवं गीतकार बसन्त चौधरीले गरेका थिए । कार्यक्रममा नेपाली मुटुरोग फाँटका सिद्धहस्त व्यक्तित्वहरू, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. यादवदेव भट्ट, लगायत मुटुरोग शल्य चिकित्सक डा. ज्योतीन्द्र शर्मा, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवाल र पोषण विज्ञ प्रणीति सिंहले मुटुरोगका विविध विषयहरुमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्