रोशी खोलामा गाडी चल्न नदिदा रामेछापवासीले पाए सास्ती



१४ असोज, रामेछाप ।
राजधानी काठमाडौंबाट रामेछापको लुभुघाटसम्म सञ्चालन हुने बस काभ्रे मेच्छे गाविसका केही युवाहरुले विगत १० दिनदेखि अवरोध गर्दा रामेछापका १५ गाविसका बासिन्दाले सास्ती पाएका छन् । दशैको बेला राजधानी काठमाडौंबाट घर आउने रामेछापवासीले सिधै लुभघाटसम्म आउने सुविधाबाट बञ्चित भएका छन् ।roshi-khola-1

मेच्छे गाविसस्थित तित्रीटारका केही युवाहरुले धाक धम्की देखाएर लुभघाटसम्म सञ्चालन हुने हिमाल तराईको यातायातलाई रोक लगाएका छन् । गाडी व्यवसायीले युवाहरुले माग गरे अनुसारको पैसा दिन नसक्दा गाडी अवरोध गरेर रामेछापसम्म जाने वस चल्न नदिएको स्थानीयले बताएका छन् । बस चल्न नसक्दा रामेछाप जाने वासिन्दाहरु पहरोको बाटो हिडन बाँध्य भएका छन् । तित्रीटारका केही युवाहरुले गाडी तर्ने रोशीखालमा खाल्डो खनेर मोटरसाइकल समेत राफ्टिङबाट तार्न बाँध्य पारेका छन् ।
प्रहरी चौकीको अगाडि युवाहरुको दादागिरी
रोशी खोला सिन्धुली र काभ्रे जिल्लाको सीमाना हो । सिन्धुलीको नेपालथोकमा रहेको नेपालथोक प्रहरी चौकीकै अगाडिबाट लुभघाटसम्म जाने बस चल्छ । केही युवाहरुको दादागिरीको अगाडि प्रहरी प्रशासन पनि मौन बसेको गुनासो स्थानीयवासीले गरेका छन् । साउनको भेलमा समेत रोशी खोलामा गाडि तारेर सुविधा दिएको बस अहिले तर्न दिइएको छैन । रोशी खोली सहज रुपमा तर्न सक्ने भएपनि केही युवाहरुले डर र त्रास देखाएर गाडी चल्न दिएका छैनन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इनेक्सपेक्टर निर्मल पनेरुले स्थानीयलाई असहज हुने काम गर्न प्रहरीले नदिने बताए । उनले भने,‘यातायात सेवा हरेक नागरिकले सहज रुपमा उपभोग गर्न पाउनु पर्छ, यातायातबाट बञ्चित गर्ने अधिकार कसैलाई पनि छैन ।’ उनले रामेछापन्युसँग भने,‘तत्काल बुझेर रोशी खोलामा भएको अवरोध हटाइन प्रहरी परिचालन गछौ ।’ विगतको बर्षमा पनि यसैगरी सर्वसाधारणलाई सास्ती दिने गरी केही युवाहरुले गाडी चल्न अवरोध गर्ने गरेको गुनासो स्थानीयको छ । स्थानीयले भने प्रहरी चौकी नेपालथोकको मिलेमतोमा सर्वसाधारणलाई ठग्ने काम हुँदै आएको बताएका छन् ।
दादागिरी चल्दैनः राजेश वास्तोला एसपी, काभ्रे
जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी राजेश वास्तोलाले घटनाको बारेमा बुझनको लागि इलाका प्रहरी कार्यालय मंगलटारलाई निर्देशन दिइसकेको बताए । उनले भने,‘सहज रुपमा चल्दै आएको यातायात रोक्ने अधिकार कसैलाई पनि छैन, दोषीहरुलाई कारवाही हुन्छ, काुनन हातमा लिने अधिकार कसैलाई पनि छैन ।’ उनले रामेछापन्युजसँग भने,‘गल्ती गर्नेलाई प्रहरीले छोडदैन, सर्वसाधारणलाई दुःख दिनेमाथि कारवाही हुन्छ, आवश्यक पर्दा म आफै पनि अवरोध भएको स्थानमा जान्छु ।’
रोशी खोलाको अवरोध हटाउन पहल थाल्छुःडिएसपी ढुंगेल
जिल्ला प्रहरी रामेछापका डिएसपी कुमोद ढुंगेलले रामेछापवासीले पाइरहेको सास्ती हटाउनको लागि काभ्रे र सिन्धुलीका प्रहरी प्रमुखसँग सम्पर्क गरेर अवरोध हटाउन पहल गर्ने बताए । रामेछाप जिल्लाको कार्य क्षेत्र नपरेपनि रामेछापवासीले भोग्नु परेको सास्ती राम्रो पक्ष होइन, डिएसपी ढुंगेलले भने,‘नागरिकलाई दुःख दिने काम कसैले पनि गर्नु हुँदैन, म पहल गर्छु ।’
सुनकोशीमा पुल नबन्दाको सास्ती
राजधानी काठमाडौसँग सिधै जोडनको लागि सिन्धुली रामेछाप जोडनको लागि नेपालथोकको खैरेनीघाटमा पुल निर्माण हुन सुरु भएको सात बर्ष भन्दा बढी वितिसकेको छ । तर पनि स्थान परिवर्तनको लागि पुल निर्माण हुन सकेको छैन । खैरेनीघाटको पुल निर्माण हुन नसक्दा रामेछापको १५ गाविसका झण्डै पचास हजार भन्दा बढी बासिन्दाले सास्ती खेप्दै आएका छन् । रामेछाप क्षेत्र नम्बर २ को यी गाविसका बासिन्दाहरु पुल समयमा नै निर्माण नहुँदा बर्षाको समयमा बढी नै सास्ती खेप्दै आएका छन् । नौ करोड रुपैयाँमा निर्माण हुन लागेको पुल अझै निर्माण हुन दुई बर्ष कुर्नुपर्ने भएको छ । नेपालथोक र काठमाडौको दुरी ७० किलोमिटर छ ।
यसरी गरिन्छ ब्रम्हलुट
विगत दस दिनदेखि बस सिधा चल्न नदिएर तित्रीटारका केही युवाहरुले ब्रम्हलुट मच्चकाएका छन् । एउटा झोला तारेको ३० देखि पचास रुपैयाँसम्म लिने गरेको खनियापानीका एक स्थानीयले बताए । उनले भने,‘बोलै धाक धम्की दिन्छन, नबोलै अत्याचारले सीमा नाघिसक्यो ।’ एक जना मानिस तारेको पचास रुपैयाँसम्म लिने गरेका छन् । तर नजिकै रहेको प्रहरी चौकी भने मौन रहेको छ ।
पैसा कमाउन राफ्टिङ
स्थानीय युवाहरुले धेरै कमाउने आशामा सर्वधारणलाई धम्की दिएर रामेछाप जाने वासिन्दाहरुको लागि राफ्टिङबाट आवतजावत गर्न बाँध्य पारेका छन् । राफ्टिङबाट मानिस सामान र मोटरसाइल तार्ने गरेका छन् । मोटरसाइल तार्ने ठाउँमा खाल्डो बनाएर मोटरसाइल तारे बापत पाँच सय रुपैयाँ असुल्दै आएका छन् । रामेछाप मात्र नभई काभ्रेकै मेच्छ गाविसको मुक्पा लगायतका बासिन्दालाई समेत असहज भएको छ ।
सहज पुग्ने ठाउँमा सास्ती र हैरानी
राजधानी काठमाडौंबाट सहज रुपमा बस मार्फत रामेछापवासी लुभघाटसम्म पुग्छन । तर अहिले रोशी खोलमा वस जान नदिएपछि दशैमा घर जाने सार्वसाधारणले निकै ठूलो सास्ती र हैरानी खेप्दै आएका छन् । खोला तर्ने हैरानीको कारण सर्वसाधारण नेपालथोकको झोलुङ्गे पुल मार्फत पहरोको कठिन बाटो हिडन बाँध्य भएका छन् । रोशी खोलबाट लुभघाट झण्डै डेढ किलोमिटर छ । तर दशैको बेला झोला बालबच्चा हिटाउन मुस्किल बाटोका कारण रामेछापबासीले ठूलो सास्ती खेप्दै आएका छन् । राजधानी काठमाडौं र बनेपाबाट दैनिक रुपमा लुभघाटसम्म बस चल्दै आएको छ ।
अवरोध हटे गाडी चलाउछौःव्यवसायी
लुभघाटसम्म बस सञ्चालन गरेर सेवा उपलब्ध गराउदै आएको हिमाल तराई यातायात व्यवसायीहरुले रोशीखोलको अवरोध हटे लुभसम्म नै बस सञ्चालन गर्ने बताए । एक व्यवसायीले भने,‘हाम्रो काम सुविधा दिने हो, लुभुसम्म जाने बाटो सहज छ, रोखी खोला तर्नको लागि कुनै कठिनाइ छैन, सुरक्षाको राम्रो ग्यारेन्टी भए हामी बस चलाउन तयार छौ ।’ ती व्यवसायीका अनुसार आफूसँग स्थानीय युवाहरुले मोटो रकम मागेको र दिन नसक्ने भएपछि सुरक्षामाथि खतरा भएको कारण बस लुभसम्म सञ्चालन नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्