रामेछाप–सिन्धुली जोडने सित्खाको पुल बन्यो, दशै अघि नै यातायात चल्ने



१८ असोज, काठमाडौं ।
रामेछाप–सिन्धुली जोडने पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । सुनकोसी नदीमा पुल निर्माण सम्पन्न भएपछि दसै अघि नै यातायात सञ्चालन हुने भएको हो । झण्डै सात बर्षको अवधिमा पक्की पुल निर्माण भएको छ । सिन्धुली र रामेछाप जोडने पुल भीरपानीस्थित सित्खा बजारमा निर्माण भएपछि रामेछापका बासिन्दालाई अब सिधै राजधानी काठमाडौ आवत जावत गर्न सहज हुने भएको छ ।sunakoshi-pull-2
पुल सञ्चालन हुने भएपछि रामेछाप क्षेत्र नम्बर २ एक दर्जन भन्दा बढी गाविसका बासिन्दालाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने छ ।

सित्खाको पुल मार्फत रामेछापको सदरमुकाम मन्थलीबाट सिधै काठमाडौंसम्म यातायात सञ्चालन ुहने भएको छ । सित्खामा निर्माण सम्पन्न भएको पुल असोज २० गतेबाट औपचारिक रुपमा सञ्चालन हुने भएको छ ।

पक्की पुलमा दुईतर्फी रुपमा गाडी सञ्चालन गर्न मिल्नेछ ।
रामेछापको भीरपानी गाविसको व्यापारिक केन्द्र सित्खामा पुल निर्माण कार्य सम्पन्न भएसँगै रामेछापमा उत्पादित वस्तुले पनि बजार पाउने भएको छ । सित्खामा पुल सञ्चालनमा आएपछि भिरपानी पकरवास, दोरम्बा दिमीपोखरी, खाडादेवी, माकादुम लगायतका गाविसका बासिन्दा लाभान्वित भएका छन् ।pull-3-jpg-33
यस रुटमा हिमाल तयाई यातायात वस व्यासायी समितिले बस सञ्चालन गर्ने भएको छ । रामेछाप जिल्लालाई जोडनको लागि हालसम्म तामाकोशी नदीको मन्थलीको एरपोर्टमा निर्माण भएको पुलले क्षेत्र नम्बर २ लाई जोडेको छ ।

उक्त पुल एक बर्ष अघि सञ्चालनमा आएको छ । रामेछापको सदरमुकाम मन्थलीसम्म जोडन सुनकोसीको खुर्कोटको पुल पनि झण्डै दुई बर्ष अघि सञ्चालनमा आएको थियो । सित्खाको पुलले रामेछाप र राजधानी काठमाडौलाई जोडने भएको छ ।pull-4-jpg-4

रामेछाप जिल्लाको क्षेत्र नम्बर २ को पश्चिमी गाविसहरु जोडनको लागि नेपालथोको खैरेनीघाटमा पनि पुल निर्माण भइरहेको छ । विगत सात बर्ष अघि निर्माण कार्य सुरु भएको पुल डिजाइन परिवर्तनको कारण निर्माणमा ढिलाई हुँदै आएको छ । हाल सित्खामा निर्माण भएको पुलबाट राजधानी काठमाडौको दुरी झण्डै एक सय किलोमिटरको दुरी रहेको छ ।

  –तस्बीर सौजन्यःदेवशकंर पौडेल

प्रतिक्रिया दिनुहोस्