अरनिको यातायातको सिन्डिकेट तोडियो



१९ असोज, काठमाडौं ।
लामो समयदेखि एकाधिकार लागू गर्दे आएको अरनिको यातायातको सिन्डिकेट तोडिएको छ । बर्षौदेखि कुनै पनि यातायातलाई प्रवेश गर्न नदिएको अरनिको यातायातसँगै सुनकोसी पूर्व यातायात प्रालिले दशैमा घर जाने यात्रुलाई सहज बनाउनको लागि १६ वटा टाटासुमो सञ्चालनमा ल्याएको छ ।arani-ko-yatayata

काभ्रेको कोसीपारिमा अरनिकोको एकाधिकारका कारण थोरै गाडी चल्दै आउदा उक्त क्षेत्रका बासिन्दाले जोखिमपूर्ण यात्रा गर्न बाँध्य हुँदै आएका थिए । गत एक महिना अघि मात्र कोसीपारी जाने बसमा अत्याधिक यात्रु यात्र गरेको बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको थियो ।

नकोसी पूर्व यातायात प्रालिले यातायात व्यवस्था कार्यालय वाग्मतीबाट अस्थायी रुट परमिट लिएर सञ्चालन गरेको छ । हाल सञ्चालन गरेको टाटासुमो यातायातबाट काभ्रे कोशीपारिका १७ वटै गाविसका बासिन्दाले सेवा पाउने भएका छन् । समितिका अनुसार कार्तिके देउरालीसम्मको भाडा साढे ५ सय निर्धारण गरिएको छ ।

अरनिकोले काभ्रेसहित सिन्धुपाल्चोक, रामेछाप, दोलखा जिल्लामा एकलौटी गाडी चलाउँदै आएको छ । ती जिल्लामा सिन्डिकेट नभएको देखाउन उसले विभिन्न समितिको नाममा गाडी सञ्चालन गर्दै आएको छ । जिल्लाको कोसीपारि क्षेत्रमा उसले कोसीपारि यातायात, चौतारामा जुगल, बाह्रबिसेमा सुनकोसी, दोलखा, रामेछाप (लोकल टिप) मा सगरमाथा, दोलखा, रामेछापबाट काठमाडौं चल्नेमा अरनिको सुपर, सिगटीमा गौरीशंकर यातायातको नाममा अरनिकोले सेवा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्