यस वर्षको नोबल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति सान्टोसलाई



एजेन्सी ।

यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति हुआन मानुअल सान्टोसलाई दिइने भएको छ । नर्बेमा रहेको नोबल कमिटीले सान्टोसलाई ५२ वर्ष लामो गृहयुद्ध अन्त्यका लागि भूमिका खेलेका भन्दै यसवर्षको नोबल शान्ति पुरस्कार प्रदान गर्न लागेको जनाएको छ ।timthumb

झण्डै चार वर्ष वार्ता भएपछि गत महिना मात्रै कोलम्बिया सरकार र फार्क बिद्रोहीबीच शान्ति सम्झौता भएको थियो ।

तर, गत हप्ता भने कोलम्बियाको जनमत संग्रहले विद्रोहीसँग भएको शान्ति सम्झौतालाई अस्विकार गरेको छ ।

 ५२ वर्षसम्म चलेको कोलम्बियाको गृहयुद्धमा २ लाख ६० हजार बढी मानिसको मृत्यु भएको थयो भने ६० लाखभन्दा बढी मानिस विस्थापित भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्