मन्थलीमा प्रभु बैंकको नयाँ शाखा, रामेछापमा बैंकका शाखा ९ पुग्यो



२१ असोज,  रामेछाप ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा प्रभु बैंक लिमिटेडलेको नयाँ शाखा सुरु गरेको छ । प्रभु बैंकको शाखा स्थापनासँगै रामेछापमा बैंकका शाखा १० वटा पुगेका छन् । रामेछाप जिल्लामा बैंकको शाखा कम हुँदा भुकम्प पीडितलाई प्रदान गर्ने राहत प्रदान गर्नको लागि ढिला हुँदै आएको छ । हाल नौ वटा बैंकको शाखा मार्फत भुकम्प पीडितलाई घर निर्माणको लागि रकम सम्झौता गर्ने काम भइरहेको छ ।

prabhu-bank

दसै अघि नै पहिलो किस्ता सम्झौता गर्ने भनेपछि बैंकको संख्या थोरै र बैंकका कर्मचारीको संख्या कम भएको कारण दशै अगाडि नै पहिलो किस्ता सम्ँझौता गर्न नसकिएको जिल्ला विकास समिति रामेछापले बताएको छ । बैंकाको शाखाको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले उदघाटन गरेका थिए ।

शाखा स्थापनासँगै बैंकले एटिएम सेवा पनि एक साथ सञ्चालनमा ल्याएको छ । सदरमुकाम मन्थलीस्थित देवकोटा चोकसँगै जिल्ला प्रशासन जाने बाटोमा बैंकले पहिलो पटक रामेछापमा शाखा सञ्चालन गरेको हो । प्रभु बैंकका क्षेत्रीय निदेृशक अशोक खडकीले बैंंकले रामेछापको कृषि क्षेत्रमा लगानी गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्