अख्तियार प्रमुख कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्तासँगै लिम्बित



३ कार्तिक,काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीका विरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएसँगै निलम्बित भएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख पतिपक्ष दल नेकपा एमालेका सांसदहरुले महाअभियोगको प्रस्ताव दर्ता गराएपछि कार्की निलम्बित भएका हुन् । सभामुख ओनसरी घर्तीले बुधवार ११ सदस्सीय महाअभियोग सिफारिस समित गठन गरेलगत्तै सांसदहरुले महाअभियोगको प्रस्ताव दर्ता गरेका छन् ।lookman-karki0-jpg-1

एमालेका अध्यक्ष केपीशर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल सहितको हस्ताक्षर रहेको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले बताउनुभयो । माओवादीबाट उर्जा मन्त्री जनार्दन शर्मा सहितका ४० जना सांसदहरुको हस्ताक्षर रहेको छन् ।
माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक र एमालेका तर्फबाट ढकाल समर्थक रहेको प्रस्तावमा सरकारका मन्त्री जनार्दन शर्मासहित चार मन्त्री हस्ताक्षरकर्ता गरेका छन् । प्रस्ताव दर्ता गर्नु अघि सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग परामर्श गरेर प्रस्ताव अगाडि बढाइएको बताइएको छ ।
एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले रामेछाप न्युजसँग भने,‘ महाअभियोग प्रस्ताव दर्तापछि सम्बन्धित व्यक्तिलाई निलम्बनमा राखी अनुसन्धान सुरू हुन्छ ।’ सर्वोच्च अदालतले नियुक्तिको योग्यता सम्बन्धि मुद्धा पुनरावलोक गर्ने निर्णय गरेपछि विदामा बसेका कार्की बुधवार नै स्वदेश फर्किएका छन् । कार्की एक महिना अघि क्यानडाको राजधानी ओटावामा हुने चार दिने कार्यक्रममा भाग लिन गएका थिए । संविधानको धारा १०१ बमोजिम सभामुख ओनसरी घर्तीमगरले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेलगत्तै कार्की विरुद्ध एमाले र माओवादीका सांसदहरुले महाअभियोग प्रंस्ताव दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्