प्रभावित गाविसलाई शेयर नदिने निर्णयप्रति ठोसेबासी आन्दोलित



७ कार्तिक, रामेछाप ।
गर्जाङ उपत्यका हाईड्रोपावर लिमिटेडले प्रबर्द्धन गरेको चाके खोला साना जलविद्युत आयोजना (२.८३ मे.वा) को लागि सर्वसाधारणमा शेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । रामेछाप जिल्लाको चुचुरे गाविसमा निर्माणाधिन आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ ।

garjanaga-2222-jpg-1

कम्पनीको जारी पूँजी २० करोड मध्ये ३० प्रतिशत अर्थात ६ करोड बराबरको ६ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरिने कम्पनीले जनाएको छ । सर्वसाधारणमा निष्काशन गरिने ६ लाख कित्ता मध्ये पहिलो चरणमा जारी पुँजीको १० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना प्रभावित रामेछाप जिल्ला र दोलखा जिल्लाको श्यामा गाविस तथा जिरी नगरपालिकामा बसोबास गर्ने स्थायी बासिन्दालाई बिक्री वितरण गरिने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एन.आई.वि.एल. क्यापिटल मार्केट, लाजिम्पाट रहेको कम्पनीका सचिव सुरज ढुंगेलले जनाएका छन् । आयोजना प्रभावित क्षेत्रको लागि शेयर निष्काशनको निमित्त नेपाल धित्तोपत्र बोर्डमा २०७३।०६।१४ गते कम्पनीले निवेदन दर्ता गराइएको छ ।
तर, गर्जाङमा बनेको आयोजनाको बढी प्रभाव ठोसे गाविस हुने भएपनि प्रभावित क्षेत्र नपरेकामा स्थानीयले आपत्ति जनाएका छन् । आयोजना निर्माणस्थलसँग जोडिएको ठोसे गाविसलाई प्रभावित क्षेत्र नमानी जिरी नगरपालिका उल्लेख हुनुलाई स्थानीयले राजनीतिक पूर्वाग्रह मानेका छन् । आयोजनास्थलबाट सबै हिसावमा बढी प्रभावित क्षेत्र भने ठोसे गाविस हो । तर, कम्पनीले ठोसे गाविसवासीलाई प्रभावित क्षेत्रका रुपमा शेयर नदिने भएपछि स्थानीय विरोधको तयारीमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्