रोशी खोलामा रोकिएन दादागिरी, प्रशासन मौन



७ कार्तिक, रामेछाप ।
हिमाल तराई यातायात व्यवसायीको मिलेमतोमा र काभ्रे मेच्छे तित्रीटारका केही युवाको समुहले रामेछाप जाने यात्रुहरुलाई दिनहुँ ठग्दा पनि प्रशासन भने रमिते बनेको छ । रामेछाप क्षेत्र नम्बर २ का झण्डै वीस गाविसका बासिन्दाहरु बीपी राजमार्गको नेपालथोक हुँदै रोशीखोलाबाट ओहोरदोहोर गर्नुपर्छ ।

roshi-khola-dadagire

काठमाडौंबाट नेपालथोक हुँदै राकाथुम गाविसको लुभुको झोलुङ्गे पुलसम्म सिधै यातायाता सञ्चालन हुने भएपनि विगत एक महिनादेखि बस सञ्चालन हुन सकेको छैन् । हिमाल तराई यातायात व्यवसायी संघसँग तित्रीटारका केही युवाहरुले एक लाख रुपैयाँ पैसा मागेको कारण देखाउदै गाडी सञ्चालन गर्न मानेका छैन् ।

व्यवासायीकै मिलेमतोमा तित्रीटारका युवाहरुले दैनिक रुपमा दादागिरी देखाउदै रामेछापका बासिन्दाहरुलाई ठग्दै आएका छन् । दशैको समयमा मात्र युवाहरुले रोशी खोलामा स्काइभेटर प्रयोग गरेर खोलामा खाल्डो खनेर गाडी जानबाट बञ्चित गरेर र्याफ्टिङबाट मोटो रकम असुल गरेका थिए ।

खनियापानीका एक स्थानीयले रामेछाप न्युजसँग भने,‘दिनहु र्याफटिङबाट मानिसहरु ठगिदा पनि नेपालथोक प्रहरी कार्यालय भने रमिते बनेर बस्छ, प्रहरीले दादागिरी मच्चकाउने युवाहरुसँग मिलेपछि हामीले न्याय खोज्न कहाँ जाने ?’ दशैको समयमा मात्र ती युवाहरुले तीन लाख रुपैयाँ भन्दा बढी असुल गरेको ती व्यक्ति बताउछन । मोटरसाइकल तारेको मात्र युवाहरुले एक हजार रुपैयाँ लिने गरेका छन् ।roshi-khola-bick

अहिले पनि हिमाल तराई यातायातले बस सञ्चान गर्न मानेको छैन् । लुभुसम्म दैनिक रुपमा बस सञ्चालन हुने भएपनि युवाहरुको प्रलोभनमा परेर वस सञ्चालन नगरेको रामेछापवासीको गुनासो छ । दशै अघि नै बस सञ्चालनको लागि रामेछापका विभिन्न राजनीतिक दलका नेताहरुले रामेछाप काभ्रे, सिन्धुलीका जिल्ला प्रशासन कार्यालयका प्रमुख र प्रहरी प्रमुखसँग आग्रह गरेपनि अझैसम्म बस चल्न सकेको छैन् ।

हिमाल तराई यातायातले नै चाहना नदेखाउदा अहिले पनि दैनिक रुपमा रोशिखोलामा रामेछापबासी ठगिदै आएका छन् ।सुनकोशीमा निर्माणाधिन पक्क पुल निर्माण गर्न सुरु गरेको सात बर्ष वितिसक्दा समेत पुल निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढन सकेको छैन् । पुल निर्माण कार्यको ठेक्का पाएको खम्पाचे निर्माण कम्पनीले भने यस बर्ष पुलका दुवैतर्फका पिल्लर निर्माण गरिसक्ने र अर्को पुल सञ्चालमा ल्याउने दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्