लेसुखोला र सरस्वती प्रिक्वार्टर फाइनलमा



८ कार्तिक, रामेछाप ।

लेसुखोला लघुजलविद्युत् परियोजना र प्रीतिको सरस्वती युवा क्लब रामेछाप जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता भुजी लिग रनिङ सिल्ड फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा जित हात पार्दै लेसुखोला समूह ‘ए’ तथा सरस्वती समूह ‘डी’बाट अन्तिम १६ मा पुगेको हो ।bhuje

सोमबार लेसुखोलाले लिखु सुसेलीलाई ४–० गोलअन्तरले पराजित ग¥यो । यस्तै सरस्वतीले लिखु भुजी रामेछाप युथ क्लबलाई २–० गोल अन्तरले पराजित ग¥यो । भुजी खेल मैदानमा भएको एकपक्षीय खेलमा लेसु खोलाले चारै गोल पहिलो हाफमा सम्भव बनाएको थियो । लेसुखोलाले खेलमा अग्रता भने आत्मघाती गोलमार्फत लिएको थियो ।

खेलको ३०औं मिनेटमा लेसुका खेलाडीको प्रहारलाई बचाउने प्रयासमा झपट सुनुवारले बललाई आफ्नै पोस्टमा छिराएका थिए ।त्यसपछि खेलको ३९औं मिनेछपछि पाँच मिनेटको अवधिमा तीन गोल गर्दै लेसुखोलाले भारी अन्तरको जित पक्का गरेको थियो । लेसुखोलाका लागि खेलको ३९औं र ४४औं मिनेटमा सुरज बस्नेतले दुई तथा अनुप बस्नेतले ४१औं मिनेटमा एक गोल गरेका थिए ।

यस्तै सरस्वतीले पनि दुवै गोल खेलको पहिलो हाफमा गरेको थियो । सरस्वतीलाई खेलको ३७औं मिनेटमा संगम सुनुवारले १–० ले अघि बढाएका थिए । त्यसपछि ४९औं मिनेटमा रुकुम कार्कीले गोल गरेपछि सरस्वतीको जित २–० ले पक्का भएको थियो ।

प्रतिक्रिया दिनुहोस्