हुपिनचुली र चोचोङ क्वार्टरमा



९ कार्तिक, रामेछाप ।
हुपिनचुली युनाइटेड र चोचोङ युथ क्लब रामेछाप जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता भुजी लिग रनिङ सिल्डको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा माइक्रो हाइड्रो भुजीलाई ३–० गोलले पराजित गर्दै हुपिनचुलीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । चोचोङले भने प्रीतिको सरस्वती युथ क्लबलाई १–० गोलले स्तब्ध तुल्यायो ।
भुजी मैदानमा भएको खेलको पहिलो हाफvhujeeeमा एक गोलको अग्रता बनाएको हुपिनचुलीले दोस्रो हाफमा दुई गोल गर्दै सहज जित हात पा¥यो । हुपिनचुलीलाई खेलको १८ औं मिनेटमा निर्मल सुनुवारले १–० ले अघि बढाएका थिए । ५० मिनेटको खेलको दोस्रो हाफमा हुपिनचुलीका लागि मनी सुनुवार र सरोज सुनुवारले एकएक गोल गरे । मनीले खेलको २९ औं तथा सरोजले ४० औं मिनेटमा गोल गरेका थिए । चोचोङको जितमा भने कुमार माझीले खेलको १० औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।
मंगलबारको खेलपछि लेसुखोला र काठमाडौंको बेथलेहेम युथ क्लबले पनि प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । नक आउट चरणको खेलमा लेसुखोलाले सुनुवार युनाइटेडलाई ४–० को भारीअन्तरले पराजित ग¥यो । लेसुखोलाले खेलको दुवै हाफमा दुईदुई गोल गरेको थियो । लेसुखोलालाई खेलको १० औं मिनेटमा गोल गर्दै उजन लामाले अघि बढाएका थिए । त्यसपछि हेरुन मगरले खेलको २५ औं र ३९ औं मिनेटमा टोलीका लागि लगातार गोल गर्दा लेसुखोलाको जित ४–० ले पक्का भएको थियो । त्यस अघि २९ औं मिनेटमा अमृत लामाले एक गोल थपेका थिए ।
बेथलेहेमले आयोजक लिखु भुजी रामेछाप युथ क्लबलाई २–० ले स्तब्ध पा¥यो । बेथलेहेमको जितमा खेलको १६ औं मिनेटमा सुवास सुनुवार तथा २५ औं मिनेटमा अमिर सुनुवारले एकएक गोल गरेका थिए । प्रतियोगिताको क्वार्टरफाइनल पुग्ने अन्य चार टोलीको टुंगो बुधबार लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्