रामेछापमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने



१० कार्तिक, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछपले तिहारको बेला खेलिने देउसी, भैलोलाई राती नौ बजेसम्म मात्र खेल्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले रामेछापले एक सूचना प्रकाशित गरेर यस्तो आग्रह गरेको हो । । तिहारमा पटका, भुईचम्पा, आतासबाजी लगायतका प्रज्वलनशील तथा विस्फोटकजन्य बस्तुहरुको उत्पादन ओसारपसार, विक्री वितरण तथा प्रयोग गर्नमा पनि जिल्ला प्रशासनले रोक लगाएको बताएको छ ।cdo-office-ramechhap

चाडपर्वको नाममा जुवा, तासजस्ता खेलहरु खेल्ने खेलाउने र अवैध मदिराको विक्री वितरण गरे कारवाही गर्ने चेतावनी दिएको छ । प्रशासनले मुल्य वृद्धि गरी कालोबजारी गर्ने, सामाजिक संस्थाका नाममा विभिन्न पेशा एवं व्यवसायीहरुबाट चन्दा रकम उठाउने ,कानूनले निषेध गरेको सार्वजनिक स्थानमा मदिरा तथा सूर्तिजन्य पदार्थको वेचविखन तथा सेवन गर्ने ,सार्वजनिक यातायातमा क्षमता भन्दा बढी यात्रु ओसार पसार गर्ने एवं यात्रुहरुसँग निर्धारण गरिएको भन्दा बढी भाडा असुल गर्ने तथा सिण्डीकेट जस्ता कार्यमा पनि रोक लगाएको सूचना मार्फत बताएको छ । प्रकाशन काार्ययलेले कानुन विपरती चले कानुन अनुसार कारवाही हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्