डहु माविको अध्यक्षमा खडग घिसिङ



११ कार्तिक, रामेछाप ।
बेथानस्थित डहु मावि डहुको विद्याद्यलय व्यवस्थापन समितिको अध्यक्षमा पुनः खडग बहादुर घिसिङ निर्वाचित भएका छन् । शिक्षा ऐन २०२८ (आठौं संशोधन) को दफा १२ बमोजिम घिसिङ सर्वसम्मत अध्यक्षमा निवाचित भएका हुन् ।khadga-ghishing-jpg-111

बुधवार भएको अभिभावको भेलाले नौ सदस्यीय विद्यालय व्यवस्थापन समितिका सदस्यहरु पनि चयन गरेको छ । सदस्यहरुमा सदस्य सचिवमा विद्यालयका प्रअ दलबहादुर लामा, राजेश्वर बोहोरा, रविन योञ्जन, ठूलीमाया लामा, अनिता लामा, कुममाया माझी र राकेश लामा चयन भएका छन् ।

रामेछाप जिल्लामा नमुना विद्यालयको रुपमा स्थापित गर्दै आएको डहु मावि डहुले यस बर्ष पनि चार वटा विषयगत सिकाई उपलब्धिमा सामुदायिक विद्यालय मध्ये प्रथम हुन सफल भएको थियो ।  जिल्ला शिक्षा कार्यालय रामेछापका अनुसार शैक्षिक सत्र २०७२ को एसएलसीको परीक्षाको नतिजामा चार वटा विषय अंग्रेजी, गणित, विज्ञान र जनसंख्या तथा वातावरण शिक्षा विषयमा प्रथम भएको हो ।

प्रतिक्रिया दिनुहोस्