भारत र चीनका राष्ट्रपति नेपाल आउदा सार्वजनिक विदा



११ कार्तिक, काठमाडौं ।

सरकारले छिमेकी मुलुकहरु भारत र चीनका राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बिहीबारको बैठकले अबदेखि ती मुलुकका राष्ट्रप्रमुख आउने दिन सरकारी बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

Mantriparesadदक्षिणी छिमेकी भारतका राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १७ गतेदेखि तीनदिने नेपाल भ्रमणमा आउँदै छन् ।

बैठकले नेपाल घरेलु तथा साना उद्योग विकास समितिको रिक्त अध्यक्षमा सिन्धुली झाँगाझोली निवासी दीपेन्द्र आचार्यलाई नियुक्त गरेको छ ।

यस्तै थानकोट–चित्लाङको गणेशमान मार्गको स्तरोन्नति गर्ने सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्