लेसु खोला र बेथलेहेम फाईनलमा,कसले मार्ला बाजी ?



११ कार्तिक, रामेछाप ।
भुजीमा जारी जिल्लाकै सर्बाधिक पुरस्कार राषीको फुटवल प्रतियोगिता भुजि लिग रनिङ शिल्डको उपाधिका लागी भुजीकै लेसु खोला लघु जलबिद्युत आयोजना र काठमाडौंको बेथलेहेम फुटवल क्लब भिड्ने भएका छन् । बिहिबार भएको सेमिफाईनल चरणको आ–आफ्नो खेलमा जित हात पार्दै लेसु खोला र बेथलेहेमले फाईनल भेट पक्का गरेको हो । फाईनल खेल शुक्रबार हुने छ ।vugeee-football
भुजि मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा लेसु खोलाले ओखलढुङगा खिँजीको पबित्र युवा क्लबलाई २–१ गोलअन्तरले पराजित ग¥यो । यस्तै बेथलेहेमले रामेछाप प्रितीकै मिलन चोक युथ सोसाईटीलाई २–० ले पराजित ग¥यो । पबित्रले खेलमा सुरुवाती अग्रता बनाएर समेत जित हात पार्न सकेन ।
पबित्रलाई खेलको छैटौं मिनेटमा गोल गर्दै केशर सुनुवारले अग्रता दिलाएका थिए । तर त्यसपछि लगातार दुई गोल गर्दै लेसु खोला प्रतियोगिताको फाईनलमा पुग्न सफल भयो । लेसु खोलाका लागि खेलको ३५ औं मिनेटमा सुरेश खत्रीले बराबरी गोल गरेका थिए । त्यसको तीन मिनेटपछि नै उजन लामाले गोल थपेपछि लेसु खेला बिजयी बनेको थियो ।

बेथलेहेमका लागी सुबास सुनुवार र सुनिल तामाङले गोल गरे । सुवासले खेलको १६ मिनेटमै टोलीलाई १–० ले अघि बढाएका थिए । सुनिलले खेलको ४० औं मिनेटमा अर्काे गोल थपेपछि बेथलेहेम सहजै फाईनल पुग्न सफल भयो । यी चारै टोली बिहिबार नै भएको क्वार्टरफाईनल खेलमा जित हात पार्दै सेमिफाईनलमा पुगेका थिए । लेसु खोला भुजीकै हुपिनचुलीलाई ४–१, पबित्र बेथलेहेम चोचोङ युथ क्लबलाई टाईब्रेकरमा ७–६, पबित्र रस्नालुको रानी पोखरी युथ क्लबलाई २–१ तथा मिलनचोक युनाईटेड रस्नालुलाई १–० ले पराजित गर्दै अन्तिम चारमा पुगेका थिए ।

गत शुक्रबारबाट सुरु भएको प्रतियोगितामा बिभिन्न २४ टोलीको सहभागीता रहेको थियो । प्रतियोगिताको बिजेता टोलीले ५१ हजार पाँच सय तथा उप बिजेता टोलीले २५ हजार पाँच सय प्राप्त गर्ने छन् । यस्तै तेस्रो हुने टोलीले १३ हजार पाँच सय प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्