पत्रकार मातृका पौडेल मोटरसाइकल दुर्घटनामा परी घाइते



१२ कार्तिक, काठमाडौं ।
अनलाइनखबरका पत्रकार मातृका पौडेल मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । धुमुस सुन्तलीले निर्माण गरेको सिन्धुपाल्चोकको गिरानचौर नमुना वस्ती हस्तान्तरण कार्यक्रमको रिपोर्टिङ गर्न जाने क्रममा राजधानीको साखुस्थिति नाङ्लेभारेमा मोटरसाइकल दुर्घटना परी पौडेल घाइते भएका हुन् ।

matrika-poudel

पौडेल आफैले चलाएको मोटरसाइकल दर्घटना हुँदा उनलेको देब्रे हात भाचिएको छ । पौडलेसँग रहेका अनलाइनखबरकै फोटोग्राफर श्रीधर पौडेल भने सामान्य घाइते भएका छन् ।

पत्रकार पौडेललाई काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापा र अनलाइनखबरका सिइयो सुरेश भुसालले उद्धर गरेर दिउसो जोरपाटीको अर्थोपेटीक अस्पतालमा उपचारार्थ ल्याएको पत्रकार माधव पौडेलले बताए ।

उनका अनुसार पौडेलको हातको प्लास्टर पश्चात हाल निवासमा लगिएको छ । मोटरसाइकल दुर्घटनापछि मातृका पौडेलले आफ्नो फेसबुक पेजमा लेखेका छन–‘गन्तव्य गिरानचौर थियो ।तर मोटरसाइकल नाङलेभारेमै गिर्यो । तत्काल उद्धार र उपचारमा जुटने काठमाडौं प्रहरी प्रमुख एसएसपी बिक्रमसिंह थापा, अनलाइनखबरका सिइयो सुरेश भुषाल सहित सबै सहकर्मीप्रति अभारी छु ।’

प्रतिक्रिया दिनुहोस्