मन्थलीमा रहेको देवकोटाको सालिक पुननिर्माण हुने



२० कातिक, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक पुननिर्माण हुने भएको छ । सालिकको मर्मत एव जिर्णोद्धार गर्नको लागि प्रमुख जिल्ला अधिकार प्रकाशचन्द्र अधिकारीको संयोजकत्वमा समिति गठन भएको छ ।

laxmi-devkota

सालिकको जिर्णाेद्दारको लागि सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुखको संयोजकत्वमा प्राविधक तथा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष पशुपतिबहादुर खड्काको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ ।

सालिकको मर्मत तथा जिर्णाेद्दारको लागि करिब ३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

अहिले ढुंगाको सालिकलाई अब जिर्णाेद्दार गर्दा ढलौट वा तामाको सालिक राख्ने योजना समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्