पूर्व सभासद गुरुङद्धारा सुनुवारलाई आर्थिक सहयोग हस्तान्तरण



२० कातिक, काठमाडौं ।
आर्थिक अभावमा उपचार गराउन नसकेका रामेछाप कुभुकास्थली– ७ का मदम सुनुवारलाई पूर्व सभासद समेत रहेकी नेकपा माओवादी केन्द्रका नेता लक्ष्मी गुरुङको पहलमा २४ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकी छिन् । घरको छानोबाट खसेर मेरुदण्डमा ठूलो असर गरेको कारण कम्मरदेखि तलको भाग नचल्ने भएपनि आर्थिक अभावमा उपचार गर्न नसेको सुनुवारलाई गुरुङले अस्पतालमै पुगेर आर्थिक सहयोग प्रदान गरेकी हुन् ।laxmi-guruing-1
वीर अस्पतालमा उपचार गराउन आएपनि आर्थिक अवस्था कमजोर भएको कारण उनको अप्रेसन हुन सकेको थिएन । गुरुङले भनिन–दुःखमा केही सहयोग गरौ भनेर मैले नै सबैसँग सहयोगको हात फैलाएको थिए, सहयोगी मनहरुले पनि सहयोग गर्नु भो, जम्मा भएको पैसा प्रदान गरेकी छु ।’

केही दिनभित्र जम्मा भएको २४ हजार रुपैयाँ सुनुवारलाई हस्तान्रण गरेपनि अप्रेसन गर्न सहज हुने उनले बताइन । उनको पहलमा जम्मा भएको पैसाले सुनुवारको पर्सी मगलवार अप्रेसन हुने भएको छ । सुनुवारलाई गुरुङले ५ हजार, सैलुङ्ग इन्टरनेशनल एजुकेशनका सञ्चालक टलक घिसिङले २ हजार, व्यावसायी गणेश घिसिङले ५ हजार, पर्यटन व्यावसायी कमल सापकोटाले ६ हजार, पर्यटन व्यवासायी समाज तेबीका तेज गुरुङले ३ हजार समाजसेवी कैलाश दर्लामी मगरले ३ हजार रुपैयाँ सहयोग गरेका छन् । नेता गुरुङले सुनुवारको सहयोगमा सकेको सहयोग गर्न पनि आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्