रामेछापमा ८ स्थानीय तह बनाउने सहमति,हेर्नुहोस कुन गाविसको केन्द्र कहाँ ?



२० कातिक,रामेछाप ।
रामेछाप जिल्लालाई २ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तह बनाउने सहमति भएको छ । रामेछापका राजनीतिक दलहरुबीच सहमति भए अनुसार ८ वटा स्थानीय बनाउने सहमति भएको हो । प्राविधिक समितिका संयोजक समेत रहनुभएका स्थानीय विकास अधिकारी दिनेशराज पन्तको अध्यक्षमा बसेको बैठकले ८ स्थानीय तह बनाउने सहमति गरेको छ । जिल्लामा २ वटा नगरपालिका र ६ वटा गाउँपालिका आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।ramechhap-mapa-1
बैठकको सहमति अनुसार हाल जिल्ला सदरमुकाम मन्थली र पुरानो सदरमुकाम रहेको रामेछापमा २ वटा नगरपालिका रहने छन् । हाल सदरमुकाम रहेको मन्थली नगरपालिकामा गेलु चनखु, पुरानागाउँ र फुलासी गाविस समेटेर मन्थली नगरपालिका निर्माण गर्ने प्रस्ताव गरिएको छ भने केन्द्र मन्थली नै रहने भएको छ । त्यसैगरी रामेछाप नगरपालिकामा रामपुर, हिमगंगा, साँघुटार, देउराली र गोठगाउँ गाविसलाई थपिने र केन्द्र भने रामेछाप बजारदेखि आग्रनी गणेशटासम्म राख्ने सहमति भएको छ ।
स्थानीय विकास अधिकार पन्तका अनुसार हालका गुम्देल, वाम्ती, कुभुकास्थली, प्रिती, गुप्तेश्वर र भुजी गाविसलाई समेटेर उमाकुण्ड गाउँपालिका बनाउने र जसको केन्द्र प्रितीको लाप्चानेदेखि अजमडाँडासम्म प्रस्ताव गरिएको बताए । चुचुरे, ठोसे, रस्नालु, वेताली, नामाडी र फर्पु गाविसलाई समेटेर गोकुलगंगा गाउँपालीकाको केन्द्र रस्नालुको भिमशेनस्थान प्रस्ताव गरिएको छ ।
त्यसैगरी दुरागाउँ, सैपु, बिजुलीकोट, नागदह, खिम्ति र तिल्पुङ गाविसलाई समेटेर लिखु गाउँपालिका बनाउने र केन्द्र धोवी प्रस्ताव गरिएको छ । डडुवा, दोरम्बा, टोकरपुर, गौश्वारा, लखनपुर र गुन्सी गाविसको ८ र ९ नं वडालाई समेटेर शैलुङरदोरम्बा गाउँपालिकाको केन्द्र टोकरपुर ३ थामचौर लाई बनाउने प्रस्ताव गरिएको छ ।

गुन्सीको वडा नं १ देखि ७, दिमिपोखरी, हिलेदेवी, वेथान र खनियापानी समेटी हिलेदेवीलाई केन्द्र बनाउन प्रस्ताव गरिएको छ जसको केन्द्र सुनापति गाउँपालिका प्रस्ताव गरिएको छ ।

त्यसैगरी राकाथुम, खाँडादेवी, मझुवा, भिरपानी, माकादुम, पकरबास, गागल र पिंखुरी गाविसलाई जोडेर खाँडादेवी गाउँपालिका बनाउन प्रस्ताव गरिएको छ । जसको केन्द्र माकादुम बनाउन प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्