काठमाडौं ललितपुर र भक्तपुरमा अब लोडसेडिङ नहुने



२१ कातिक, काठमाडौं ।
दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेप्दै आएका उपत्यकावासीले अब लोडसेडिङको मार खेप्नु नपर्ने भएको छ । सरकारले उपत्यकाको तीन जिल्ला काठमाडौं ललितपुर र भक्तपुरलाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न लागेको छ । पहिलो चरणमा उपत्यकाबाट लोडसेडिङ मुक्त गर्ने योजना अनुसार नेपाल विद्युत प्राधिकरणले गृहकार्य गरिरहेको छ ।tihar-laxmi-puja-2-jpg-1-jpg11

उर्जा मन्त्रालयले लोडसेडिङ क मगर्न नेपाल विद्युत प्राधिकरण लगायतका निकायलाई निर्देशन दिएपछि प्राधिकरणले तिब्र रुपमा तयारी अगाडि बढाएको छ । नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकालाई लोडसेडिङ मुक्त क्षेत्र बनाउको लागि अध्यक्ष समिति गठन गरेर काम गरिरहेको बताए । निर्देशक घिसिङले रामेछापज्युजसँग भने,‘तिहारमा हामीले उपत्यकालाई लोडसेडिङ मुक्त बनायौ अब सधै भरी उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने योजनामा छौ, छिट्टै कार्यान्वयन हुन्छ ।’
हाल उपत्यकामा रातिको पिक आवरमा ३०० मेगाबाट बिजुलीको माग भएपनि आपूर्ति मुस्किलले २ सय मेगावाट मात्र रहेको बताउदै घिसिङले साँझको दुई घन्टाको पिक आवरका लागि प्राधिकरणले १०० मेगावाटको व्यवस्थापन गर्ने काममा अहोरात्र लागिरहेको बताए ।

उनले ऊर्जा मन्त्री जनार्दन शर्माले निर्माणाधीन अवस्थामा रहेका कुलेखानी तेस्रो र चमेलिया जलविद्युत आयोजनाको काम यथाशिघ्र सम्पन्न गर्न मन्त्रालयले निर्देशन दिइसकेको  बताए । उनका अनुसार, त्रिशुली ३ ए को बाटो निर्माण गर्न नेपाली सेनालाई दिने निर्णय भइसकेको छ  ।

विद्युत् चुहावटलाई नियन्त्रण गर्न प्रभावकारी रूपमा प्रयास भइरहेका र ट्रान्सफर्मर मागअनुसार वितरण गर्ने कार्य भइरहेको  बताउदै निर्देशक घिसिङले भने,‘हामी सकेसम्म चाडै नै उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेर राजधानीवासीलाई राहत दिन्छौ ।’

प्रतिक्रिया दिनुहोस्