लोडसेडिङमुक्त गर्न निर्देशक घिसिङलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन



२२ कातिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उपत्यका सहित देशभर लोडसेडिङमुक्त बनाउन निर्देशन दिएका छन् । उपत्यकालाई लोडसेडिङमुक्त बनाउने निर्देशक घिसिङले गरेको काममा प्रशसा गर्दै प्रचण्डले देशभर लोडसेडिङमुक्त बनाउने कार्ययोजना तयार गर्न निर्देशन दिएका हुन् ।prachanda-with-kulman-ghising-jpg-1
सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएका प्रधानमन्त्री प्रचण्डले निर्देशक घिसिङलाई उपत्यकालाई तत्कालै लोडसेडिङमुक्त गर्ने आफ्नो संकल्प रहेकाले उपत्यकामा सधैंका लागि बत्ती नजाने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

‘काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङमुक्त बनाउने मेरो संकल्प पुरा हुँदैछ, यसमा म खुसी छु’ प्रधानमन्त्रीको भनाई उदृत गर्दे निर्देशक घिसिङले भने,‘केही अप्ठ्यारा के छन् भने रकारलाई भन्नुस्, सरकार सबै किसिमको सहयोग गर्न तयार छ ।’
भेटमा प्रधानमन्त्री प्रचण्डले देशलाई लोडसेडिङमुक्त गर्ने कार्ययोजना तयार गर्न, विद्युत् चोरी, बक्यौता नतिर्ने जस्ता समस्यामा कठोर भएर लाग्न, ठूला आयोजना छिटै सम्पन्न हुने वातावरण निर्माण गर्न, नयाँ योजना सञ्चालनका लागि तयारी गर्न पनि निर्देशक घिसिङलाई निर्देशन दिएका छन् । भेटमा निर्देशक घिसिङले प्रधानमन्त्रीको यसअघिकै निर्देशनपछि विद्युत् प्राधिकरण उपत्यकामा लोडसेडिङ हटाउन लागेको जानकारी दिँदै देशभरि लोडसेडिङ अन्त्य गर्ने कार्ययोजनाको गृहकार्यमा जुटेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्