धरहरा निर्माणमा नेपाली सेनाद्धारा ६ करोड सहयोग



२२ कातिक, काठमाडौं ।
भुकम्प गएको डेढ बर्ष वितिसक्दा समेत भुकम्पको कारण ध्वस्त भएको ऐतिहासिक धरहरा निर्माणको काम सुरु हुन सकेको छैन् । नेपालको पहिचान दिने धरहरा निर्माणको लागि डिजाईन तयार भएपनि पुननिर्माणको काम अगाडि बढ्न नसकेको बेला धरहरा निर्माणको लागि नेपाली सेनाले ६ करोड रुपैयाँ सहयोग गरेको छ । भूकम्पबाट ढलेको धरहरा निर्माण गर्न सरकारले विगत नौ महिनादेखि अभियान सञ्चालन गरेपनि अलिहेसम्म निर्माण हुन सकेको छैन् ।

????????????????????????????????????

पुरातत्व विभागले धरहराको सम्भाव्यता अध्ययन चार महिनाअघि नै सम्पन्न गरेर सम्भावित नक्सा पनि सार्वजनिक गरिसकेको छ । २९ रोपनी क्षेत्रफलमा पुननिर्माण हुन लागेको नयाँ धरहराको उचाइ दुई सय ४५ फिट तथा ११ तलाको हुने विभागले बताएको छ । नवनिर्मित धरहरामा अत्याधुनिक लिफ्ट र पर्यटकको जानकारीका लागि अत्याधुनिक र सुविधासम्पन्न संग्रहालय निर्माण गर्ने लक्ष्य विभागको छ ।

‘मेरो धरहरा मै बनाउँछु’ अभियान गत वर्ष ५ फागुनमा सुरु गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संयोकतत्वमा ‘मेरो धरहरा मै बनाउँछु’ कोष खडा गरिएको थियो । अभियानअन्तर्गत अहिलेसम्म दुई करोड जम्मा भएको प्राधिकरणले जनाएको छ । धरहरा निर्माण गर्न सरकारले ८० लाख रुपैयाँ निकासा गरेको छ । धरहरा पुनर्निर्माणका लागि एक अर्ब रुपैयाँ लाग्ने अनुमान पुरुातत्व विभागले गरेको छ ।

सोमवार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा एक कार्यक्रमकोबीच प्रधानसेनापति राजेन्द्र श्रेष्ठले राष्ट्रिय पुननिर्माण प्राधिकरणका निर्देशक समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ६ करोड १७ लाख १३ हजार त्रियासी रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्