अमेरिकामा राष्ट्रपति छान्न आज चुनाव



२३ कात्तिक, काठमाडौं ।

अमेरिकामा नयाँ  राष्ट्रपति चयनका लागि आज चुनाव हुँदैछ ।नयाँ राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प, डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टन, ग्रिन पार्टीका तर्फबाट जिल स्टेन र लिबट्रेरिनबाट ग्यारी जोनसन चुनावी प्रतिस्पर्धामा रहेका छन् ।hilary-clinton

अमेरिकी चुनावमा मुख्य रुपमा क्लिन्टन र ट्रम्पबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन प्रचारप्रसारको अन्तिमदिन दुवै उमेदवारले एक अर्काको पकड रहेका निर्णयक राजइमा चुनावी प्रचारप्रसार गरेका थिए ।

एक साता अघि संघीय जाँच एजेन्सीले इमले प्रकरणको दोस्रोपटक सुरु गरेपछि केहीपछि देखिएकी हिलारी सफाइ पाएसँगै उनको मत बढेको पछिल्ला सर्वेक्षणहरुले देखाएका छ ।

ट्रम्पले निर्वाचन प्रचारका क्रममा आप्रवासी र मेक्सिकोसँगको सीमामा पखाल लगाउनेसहितका अभिव्यत्ति, दिएका कारण ल्याटिन अमेरिकी मूलदमा भोटरहरु ट्रम्पसँग तर्सिएका छन् । उता इमेल विवादका कारण क्लिन्टन पनि समस्यामा परेकी छिन् । यद्दपी संघीय जाँच व्यूरोले उनलाई सफाइ दिएको छ । राष्ट्रपतिमा निर्वाचित हुनका लागि कूल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक पर्छ ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ४ सय ३५, माथिल्लो सदन सिनेटको संख्या १ सय एवम् डिस्ट्रिक अफ कोलम्बियाको ३ इलेक्ट्रोरल मतका आधारमा इलेक्ट्रोरल मतको समीकरण संख्या ५ सय ३८ तय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्