तीन करोड २९ लाखमा बन्ने भो नापी कार्यालय



२४ कातिक, रामेछाप ।
रामेछापको मन्थलीमा सुविधा सम्पन्न साढे तीन तलाको सुविधा सम्पन्न भवन बन्ने भएको छ । ३ करोड २९ लाख रुपैयाँमा भवन निर्माण हुन लागेको भवनको भूमिसुधार मन्त्री विक्रम पाण्डेले उदघाटन गरेका हुन् ।napiiii

२०३३ सालमा रामेछापमा नापी कार्यालय स्थापना भएपनि कार्यालय भाडामा लिएर सञ्चालन गर्दै आएको थियो । निर्माण गर्न लागिएको भवन अपाङमैत्री रहेको बताए । आफ्नै भवन नहुँदा नापी कार्यालय मासिक २० हजार रुपैयाँ भाडा तिर्नको लागि खर्च गर्दै आएको थियो । । नापी कार्यालय र कन्काइ,थापा जेभीसँगबीच १८ महिनाभित्र भवन निर्माण गरिसक्नु पर्ने सम्झौता भएको नापी कार्यालय रामेछापका नापी अधिकृत सजिवकुमार राउतले बताए ।
नापी कार्यालयमा कर्मचारीको अभाव
भुकम्पबाट प्रभावित जिल्ला रामेछापमा नापी कार्यालयमा कर्मचारीको अभाव हुँदा दैनिक काम लिएर आउने सेवाग्राही मर्कामा पर्ने गरेका छन् । ३ जना सर्भेक्षक र १० जना अमिन हुनुपर्नेमा हाल १ जना मात्र सर्भेक्षक र ५ जना मात्र अमिन रहेका छन । भुकम्पपछि नापी कार्यालयमा बढ्को चाप धान्नको लागि गाह्रो परेको नापी अधिकृत राउतले बताए ।

उनले भने,‘कामको चाप छ तर जनशक्ति छैन ।’ तीन जना सर्भेक्षक मध्ये एक जना मात्र कार्यारत छन, रामवीर यादव काजमा छन भने एक जनाको दरवन्दी खाली छ । त्यसैगरी पाँच जना मात्र अमिनी हुँदा पनि काम गर्न गाह्रो परेको उनले बताए । अंशबण्डा र कित्ताकाट गर्न आउनेहरुको संख्या बढी रहेको बताउदै राउतले भने,‘कर्मचारीको अभाव र पुरानो नक्सा हुँदा काम गर्न कठिनाई भएको छ ।’

प्रतिक्रिया दिनुहोस्