सिन्धुलीगढीमा मनाइयो अंग्रेजलाई हराएको २४९ औं बिजयोत्सव



२५ कातिक, सिन्धुली।

अंग्रेज सेनालाई तत्कालीन गोर्खाली सेनाले परास्त गरेको सम्झनामा विजयोत्सब मनाइएको छ । ऐतिहासिक सिन्धुलीगढीमा भब्य रुपमा विजयोत्सब मनाइएको हो । धनुषा, महोत्तरी, रामेछाप, दोलखा लगायतका जिल्लाबाट हजारौं स्थानीय बासिन्दा पुर्खाले बीरता प्रदर्शन गरेर परास्त गरेको यस ऐतिहासिक स्थलमा आयोजना गरिएको विजयोत्सबमा सहभागी भएका थिए । समृद्ध सिन्धुली अभियानले काठमाडौंदेखि साइकल यात्रा गराएर एक सय जनालाई विजयोत्सबमा सहभागी गराइएको थियो ।sundhuli-gadi-2
सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । त्यहाँ हरेक बर्षको कात्तिक २४ गते तत्कालीन गोर्खाली सेनाले विजय हासिल गरेको सम्झनामा विजयोत्सव मनाउने गरिएको छ । आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ ।
बिजयोत्सबलाई भब्य बनाउन काठमाडौंबाट साइकलमा ८२ जना साइकल यात्री सिन्धुलीगढी पुगेका थिए । साइकल यात्रको नेतृत्व प्रसिद्ध विश्व साइकल यात्री पुस्कर शाहले गरेका थिए ।

यस्तै कमलामाई नगरपालिकाले गढीनजिकै हाफ म्याराथनको आयोजना गरेको थियो । यस्तै स्थानीय रतनचुरास्थित कालिका देवी संरक्षण समिति र जनजाति समाज विकास कार्यक्रमले ७ किलोमिटर दौढ प्रतियोगिता आयोजना गरेका थिए । स्थानीय युुshunduligadi-3वाले सिन्धुलीमाढीदेखि गढीसम्म युवाहरुले मोटरसाइकल ¥याली आयोजना गरेका थिए । बिजयोत्सवमा सहभागी हुन सेना, प्रहरी, स्थानीय विद्यालयका विद्यार्थी, ब्यवसायी गढी पुगेका थिए ।उत्सवमा ठूलो गढमा स्थानीय विकास मन्त्री हितराज पाण्डेले नेपालको झण्डा फहराएका थिए । त्यस अबसरमा नेपाली सेनाको टुकडीले सलामी दिएको थियो ।
गढीमा आयोजित कार्यक्रममा स्थानीय कलाकारहरुले खैंजडी भजन, सोरठी, तामाङसेलोलगायतका नृत्य प्रस्तुत गरेका थिए । ‘माछी मार्न जाउँ न दाजै कालापानीमा..’का गायक जे पापी, ‘हाम्रो प्यारो सिन्धुली…’ का गायक फुलकुमार बम्जनले आफ्ना लोकप्रिय गित गाएर स्टेज तताएका थिए । समृद्ध सिन्धुली नागरिक अभियानले आगामी बर्ष हुने २५० औं विजयोत्सवलाई बर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्