कुलमानको अघि कांग्रेस र एमालेका कर्मचारीले घुडाँ टेके



२९ कातिक,काठमाडौं ।
उपत्यकालाई लोडसेडिङमुक्त बनाएर देशलाई नै एक बर्षभित्र लोडसेडिङमुक्त बनाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विरुद्ध विषबमन गरेका एमाले र कांग्रेसका कर्मचारीहरुले घुडाँ टेकेका छन् ।

kulman-ghising-1

अहिलेसम्म प्राधिकरणका कुनै पनि कार्यकारी निर्देशकले गर्न नसकेको काम घिसिङले एक महिनाको बीचमा गरेर देखाउन सफल भए । कुलमानकै कार्यकुशलताको कारण उपत्यकामा लोडसेडिङमुक्त भएको छ ।

जनप्रिय काम गरे बापत घिसिङको विरुद्ध एमाले र काग्रेससम्बद्ध कर्मचारीले मोर्चाबन्दी गरेनि उनीहरु जनताकोबीचमा वदनाम भएका छन् । कांग्रेस एमाले निकट मजदुर संगठनले निकालेको प्रेस विज्ञप्तीको कारण कांग्रेस एमाले माथि नै प्रश्न चिन्ह खडा गर्यो । सामाजिक सञ्जालमा चौथर्फी विरोध भयो ।

 घिसिङले गरेको राम्रो कामको समर्थनमा सडकमा नागरिक उर्तिने अवस्था सृजना भएपनि कर्मचारी संगठनलको योजता तुहिएको छ । घिसिङलाई कार्यालय प्रवेश गर्न रोक लगाउने कर्मचारीको विज्ञप्तप्रति कुलमानको पक्षमा सामाजिक संजाल रंगियो । कुलमानको विपक्षमा रहेका कर्मचारीलाई पार्टीका नेताहरुले पार्टीलाई बदनाम हुने काम गरेको भने हकारे ।

प्रतिक्रिया दिनुहोस्