रामेछापमा केन्द्र निर्धारण सच्याउन माग, जिविस र दलहरुलाई विरोधपत्र



२९ कातिक, रामेछाप ।
रामेछाप जिल्लालाई ८ स्थानीय तह बनाउने तीन दलको सहमतिप्रति रामेछापका ६ गाविसका बासिन्दाहरु आन्दोलित भएका छन् । ६ गाविसका बासिन्दाहरुले स्थानीय विकास अधिकार र तीन दलका नेताहरुलाई दैनिक रुपमा विरोधपत्र बुझाउने काम भइरहेको छ ।

pakarbas-vdc
निर्णय सच्याउन माग गर्दै जिविस रामेछापमा ज्ञापनपत्र बुझाउन आएका पकरवासका स्थानीय । तस्बीर सौजन्यः पत्रकार हिमाल ढुङगेल ।

तीन दलले जनताको भावना भूगोल र जनसंख्यालाई भन्दा पनि आगामी चुनावमा भोटको राजनीतिसँग जोडेर स्थानीय तह निर्धारण गरेकोप्रति पकरवास, गोठगाउँ तिल्पुङ, खिम्ती, दोरम्बा, पिङखुरी लगायतका गाविसका बासिन्दाले विरोध गर्दै जिल्ला विकास समिति रामेछाप र राज्य पुर्नसंरचना आयोगको कार्यक्रमल काठमाडौंमा दैनिक रुपमा ,निर्णय सच्याउन ज्ञापनपत्र बुझाएका हुन् । जिल्लामा स्थानीय विकास अधिकार दिनेशराज पन्त र तीन दल कांग्रेस एमाले र माओवादी पार्टीलाई हाल कायम गरेको तह निर्धारणको निर्णय सच्याउन दबाब दिएका छन् । ६ गाविसका बासिन्दाले अहिलेको निर्णय नसच्याएर शसक्त रुपमा आन्दोलन थाल्ने चेतावनी समेत दिएका छन् । तीन दलले गरेको सहमति अनुसार स्थानीय विकास अधिकार दिनेशराज पन्तले राज्य पुर्नसंरचना आयोगमा प्रतिवेदन बुझाएपछि ६ गाविसका बासिन्दा थप आन्दोलित भएका छन् ।

स्थानीय तह निर्धारण गर्नुअघि गाविसका बासिन्दाहरुसँग परामर्श नै नगरी हचुवाकै भरमा तीन दलका केही नेताहरुले मनोमानी रुपमा तह निर्धारण गरेको ती गाविसका बासिन्दाहरुले आरोप लगाएका छन् । उनीहरुले जनतको चाहना र भावना विपरीत राजनीतिक दलहरुले हचुवाको भरमा गरेको स्थानीय तह र केन्द्र निर्धारण वैज्ञानिक नभएको आरोप लगाएका छन् ।एक साता अघि प्रमुख तीन दल कांग्रेस एमाले र माओवादीले सहमति गरेर रामेछापलाई दुई नागरपालिका र ६ गाउँपालिका सहित ८ स्थानीय तह बनाउने सहमति गरेका थिए ।
रामेछापमा ६ गाविसका बासिन्दा आन्दोलित
रामेछापमा ८ स्थानीय तह बनाउने निर्णयप्रति ६ गाविसका बासिन्दा आन्दोलित भएका छन् । खिम्ती, तिलपुङ, दोरम्बा, पिङखुरी, पकरवास र गोठगाउँका बासिन्दाहरुले केन्द्र निर्धारण वैज्ञानिक नभएको भन्दै हाल कायम गरिएको केन्द्र निर्धारण सच्याउन माग गरेका छन् । गोठगाउँ गाविसका बासिन्दाले धोवी केन्द्रमा जान पाउनु पर्ने माग गरेका छन् । गोठगाउँ गाविसलाई हाल रामेछाप केन्द्र अन्तर्गत राखिएको छ ।ramechhap-mapa-1

तिल्पुङ गाविसका बासिन्दाले सके खिम्ती केन्द्र नभए मन्थली केन्द्र हुनुपर्ने माग गरेका छन् । धोवी केन्द्र आफूहरुलाई अपाएक पर्ने माग गरेका छन् । दोरम्बा गाविसका बासिन्दाहरुले भने दोरम्बाको मानेडाँडालाई नै केन्द्र बनाउनु पर्ने माग राख्दै विरोधमा उत्रिएका छन् । सैलुङ्गदोरम्बाको गाउँपालिको केन्द्र टोकरपुरको थामथौर नभई दोरम्बा नै हुनुपर्ने भन्दै आन्दोलित भएका छन् ।
रामेछाप जिल्लामा स्थानीय तहको सिमाङ्कन र केन्द्र निर्धाणको विषयमा जिल्लाका राजनीतिक दलहरुले गरेको सहमतिप्रति दैनिक रुपमा विरोध हुने क्रम जारी रहेको छ । जिल्लामा भएको स्थानीय तहको सिमाङ्कन र केन्द्र निर्धाणको शिफारिस विरुद्धमा पकरबास गाविसका बासिन्दाले पनि आन्दोलन थालेक छन् । पकरबासको वडा नम्बर १ देखि ४ नम्वर सम्मका स्थानीयहरुले स्थानीय विकास अधिकारी दिनेशराज पन्तलाई ज्ञापनपत्र बुझाउदै पकरबास गाविसको १ देखि ४ नम्बर वडालाई मन्थली नगरपालीकामा समावेस गराउनु पर्ने माग गरेका छन् ।

स्थानीय राजनैतिक दल लगायत ३ सय ४९ जना स्थानीहरुले संयुक्त रुपमा हस्ताक्षर गरेको ज्ञापन पत्रमा पकरबास गाविसलाई जिल्लाका पुनरसंरचना गर्दा भौगोलीक बिविधता र जनअपेक्षालाई उपेक्षा गदै खाँडादेवी गाउँपालिक प्रस्ताव गरिएको प्रति आफूहरुको असमति जनाउदै ज्ञापनपत्र बुझाएका हुन् । ६ गाविसका बासिन्दाले काठमाडौंस्थित राज्यपुनसंरचना आयोगको कार्यलयमै पुगेर समेत केन्द्र सच्याउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्