प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच हटलाइन टेलिफोन वार्ता



२९ कातिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हटलाईन टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले आज साझ भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेर भारु नोट नोटको निर्णयले नेपालमा असहजता सृजना भएकाले कसरी समाधान गर्न सकिन्छ भनेर आग्रह गरेका थिए ।

जवाफमा भारतीय प्रधानमन्त्री मोदीले आफूले गर्भनरसँग परामर्श गरेर नेपालमा प्रयोगमा रहेको भारु नोटको बारेमा सहजता हुने गरी निर्णय गराउने विश्वास दिलाएको प्रधानमन्त्रीकोका सचिवालले बताएको छ ।
भारतले केही दिन अघि भारु ५०० र १००० माथि लागेको प्रतिबन्धलाई लिएर प्रचण्डले भारतीय समकक्षी मोदीलाई टेलिफोन गरेरै समस्या समाधानको विधि खोज्न आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भारतमा काम गर्ने नेपालीहरुले भारु नै ल्याउने गरेको भन्दै उनले नेपालका ग्रामिण र दुर्गम क्षेत्रमा सर्वसाधारणसँग ठूलो मात्रामा भारु रहेको जानकारी गराउदै नेपालमा समस्या परेको अवगत गराएका थिए । तिर्थयात्रा गर्न, औषधि उपचार गर्नदेखि अध्ययन गर्न समेत भारतीय रुपैयाँ सञ्चित गर्ने प्रचलन रहेको भन्दै उनले त्यस्तो रकम सटही गर्न जरुरी रहेकोले व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच ठूलो व्यापार सम्बन्ध रहेको, नेपाली कामदार भारतमा गई त्यसबापत प्राप्त रकम भारतीय रुपैयाँमै नेपाल आउने गरेको, तीर्थब्रत, औषधी उपचार, विवाह लगायतका सामाजिक काममा समेत भारतीय रुपैयाको प्रयोग र सञ्चिति हुने गरेकाले भारु ५०० र १००० का नोटहरु नेपालमै सहज रुपमा सटहीको व्यवस्था गर्न भारतीय समकक्षी नरेन्द्र मोदीसँग आग्रह गरेको छन् ।

जवाफमा भारतीय प्रधानमन्त्री मोदीले भारु सटहीबारे नेपालमा उत्पन्न समस्या तत्काल समाधान गर्ने जानकारी गराउँदै नेपाल र भारतका अर्थमन्त्रीबीच सिधा सम्पर्क गरेर समस्या समाधान गर्ने विश्वास दिलाएको प्रधानजमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलय बताए । टेलिफोन बार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले भारु सटही सम्बन्धी नेपालमा देखिएको समस्या समाधानमा भारतीय प्रधानमन्त्रीले देखाउनु भएको तत्परताका लागि धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्