रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा थापा निवरोध निर्वाचित



२९  कातिक,रामेछाप ।
रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा श्याम थापा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । अध्यक्षसंगै पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन भएको हो ।audhuga-banijaya-manthali वरिष्ठ उपाध्यक्षमा केशव प्रसाद घिमिरे, वाणिज्य तर्फको उपाध्यक्षमा नवीन थापा मगर र उद्योग तर्फको उपाध्यक्षमा बिरेन्द्र कुमार कर्माचार्य, महासचिवमा जगन्नाथ दाहाल, सचिवमा नवराज ढुंगेल र कोषाध्यक्षमा कुमारराज सुवेदी निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा बलराम श्रेष्ठ, पवन कुमार कठायत, प्रमोद श्रेष्ठ, आकाश रिजाल, भिमशेन थापा र सुमिका श्रेष्ठ रहेका छन् । उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने दिन सोमबार सबै पदमा एक,एक जनाको मात्र परेपछि सबै निर्विरोध भएको घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्