मन्थलीमा धुर्मुस–सुन्तलीले भने–देशलाई बालमैत्री बनाउँछौ



४ मंसिर, रामेछाप ।
हास्यकलाकारद्धय सिताराम कट्टेल धुर्मुसर कुञ्जना घिमिरे सुन्तलीले देशभर बालमैत्री बनाउने बताएका छन् । उनीहरुले देशलाई बालमैत्री बनाउन सबै लाग्नु पर्ने बताएका हुन् । धुर्मुूसले देशलाई बालमैत्री बनाउन एउटाले मात्रै केही गर्न नसक्ने भएकाले यो अभियानमा सबै सरिक हुनुपर्ने आग्रह गरे ।

dhurmus-suntali-jpg-1 ‘मुलुक बालमैत्री बनेमा मात्र समृद्ध नेपाल सम्भव छ’, धुर्मुसले भने,‘नयाँ अभियानको सुरुवात भएको छ, सबैको साथ र सहयोगको खाँचो छ।’ कार्यक्रममा सुन्तललीले बालमैत्री देश बन्नका लागि जनचेतना आवश्यकता महसुस गरेर नयाँ अभियान सुरु गरेको बताइन ।
रामेछापको खिम्ती र सदरमुकाम मन्थलीमा धुर्मुस सुन्तली फउण्डेसनले बालमैत्री स्थानीय शासन सम्बन्धी चलचित्र ‘ज्योती’ प्रर्दशन गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका लागि युनिसेफ नेपालको सहयोगमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको चलचित्र ज्योती खिम्तीको तामाकोसी जनजागृति माविमा शनिबार प्रदर्शन गरिएको हो ।

यस अघि शुक्रबार साँझ मन्थलीमा सो चलचित्र प्रदर्शन गरिएको थियो । रामेछापसँगै दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, गोरखा, सिन्धुलीलगायत १६ जिल्लाका ३२ ठाउँमा चलचित्र प्रर्दशन गर्ने फाउण्डेशनको बताएको छ । पहिलो चरणमा भूकम्प प्रभावित जिल्लाहरुमा बालमैत्री समाज निर्माणको अभियान रामेछापबाट सुरु गरिएको धुर्मसले बताए ।

प्रतिक्रिया दिनुहोस्